२०८१ बैशाख १२ , बुधवार

कोरोना अपडेटः नेपालमा एकै दिन ६२० कोरोना संक्रमित, २९७ जना संक्रमणमुक्त

सुनाखरी न्युज/ काठमाडौं ।
नेपालमा एकै दिन ६२० कोरोना संक्रमित भएका छन् । २४ घण्टामा २९७ जना संक्रमणमुक्त भएका छन् ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ८४६ परीक्षणमा ६२० जनामा संक्रमण पुष्टि भएको हो । २ हजार ६५१ पीसीआरमा ४९६ र ३ हजार १९५ एन्टीजेन परीक्षणमा १२४ जना संक्रमित फेला परेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

 

२४ घण्टामा २५ हजार ४३६ जनाले खोप लगाएका छन् ।