२०८१ बैशाख ६ , बिहिवार

एनसीसी बैंकको सेयर आजबाट बिक्रीमा

सुनाखरी न्युज/ काठमाडौं- लिलामीमा राखिएको एनसीसी बैंकले आज साउन १५ गतेबाट सवा २६ लाख कित्ता बढी सेयर लिलामीमा राखेको छ ।बैंकले २६ लाख ३१ हजार १३६ कित्ता संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ। यो सेयरमा विद्यमान संस्थापक सेयरधनीका साथै इच्छुक व्यक्ति, फर्म, कम्पनी तथा संगठित संस्थाहरुले बोलपत्र पेस गर्न सक्नेछन्।

 

लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १३१ रुपैयाँ तोकिएको छ। बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्छ। बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतममा १ हजारले गुणन वा सम्पूर्ण कित्ता खरिदका लागि आवेदन दिन सकिनेछ।

 

बोलपत्र धितोपत्र बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा पेस गर्नुपर्नेछ। बोलपत्र साउन २२ गते अपराह्न ३ बजेसम्म पेस गर्न सकिनेछ।