२०८१ बैशाख १३ , बिहिवार

परमिता र नवाजुद्दिन सिद्दिकीको भेट

सुनाखरी न्युज/ काठमाडौं- अभिनेत्री परमिता राणा फिल्म र मोडलिङको कामको सिलसिलामा अहिले मुम्बईमा छिन् । एजेन्सीले बोलाएपछि त्यहाँ पुगेकी परमिताको भेट शनिबार बलिउड स्टार नवाजुद्दिन सिद्दिकीसँग भएको छ ।

 

अभिनेता सिद्दिकी आफ्नो मनपर्ने अभिनेता भएको र उनीसँग छोटो भेटघाट र कुराकानी भएको परमिताले बताइन् । ‘मैले उहाँलाई हामी नेपाली तपाईंको अभिनयलाई मनपराउँछौं भनें, उहाँले थ्यांक्यु भन्नुभयो,’ परमिताले भनिन् ।

 

यद्यपी, भेट रोचक भएको अनुमान गरिएको छ । तस्वीरमा दुवै जना प्रफुल्ल देखिन्छन् । परमिताले यसअघि बलिउड स्टार गुल्सन ग्रोबर अभिनित नेपाली फिल्म ‘द म्यान फ्रम काठमाण्डू’मा पनि अभिनय गरेकी थिइन् । उनी कतिपय अवसरमा मुम्बईमा रहेर पनि मोडलिङ गर्छिन् । हालै मात्र अनलाइन थ्रिप्ट पसल सञ्चालनमा ल्याएकी परमिता टीभी रियालिटी शो ‘डान्सिङ स्टार्स नेपाल’पछि फुर्सदमा थिइन् ।