२०७९ श्रावण २९ , आइतवार

कांग्रेसका नेता शेखर कोइरालालाई कोरोना संक्रमण

Capture

सुनाखरी न्युज/ काठमाडौं-कोरोना संक्रमणपछि शेखर कोइराला अस्पताल भर्ना भएका छन।

 

शनिबार बिहान परीक्षण गर्दा कोइरालालाई कोरोना संक्रमण देखिएको थियो। कोइरालालाई ज्वरो आउने र वान्ता हुनेजस्ता समस्या देखिएको थियो। शनिबार बिहान करिब ५ बजेदेखि कोइराला बिरामी परेका थिए। कोइरालालाई ग्राण्डी अस्पतालमा उपचार गरिएको छ। कोइरालालाई कोरोना संक्रमण देखिएको र अस्पतालमा उपचाररत रहेका उनका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए।

 

कोइराला हालै मधेश प्रदेशका विभिन्न जिल्लामा आयोजित भेला तथा अन्तर्क्रियाहरूमा सहभागी भई काठमाडौं फर्केका थिए।