२०८१ बैशाख १३ , बिहिवार

खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्निच्युडको भूकम्प

सुनाखरी न्युज/ काठमाडौं । काठमाडौं उपत्यकामा आज आइतबार बिहान ८ बजेर १३ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार खोटाङको मार्तिमबिर्ता केन्द्रबिन्दु भएर ६ म्याग्‍निच्यूडको भूकम्प गएको हो ।

काठमाडौंलगायत देशैभरका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस गरिएको छ ।