२०८१ बैशाख १३ , बिहिवार

देशभर आंशिकदेखि सामान्य बदली,केही स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षा

सुनाखरी न्युज/ काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपासमा रहेको छ भने पूर्वमा सरदर स्थान भन्दा केही उत्तरतिर अवस्थित रहेको छ ।

 

आज (आइतबार) बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । त्यस्तै, प्रदेश-१, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।आइतबार दिउँसो भने देशभर सामान्यदेखि पूर्ण बदली हुनेछ । त्यस्तै, देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै, प्रदेश-१, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

 

आइतबार राति भने देशका पहाडी भू-भागमा सामान्यदेखि पूर्ण बदली हुनेछ । त्यस्तै, बाँकी भू-भागमा भने आंशिकदेखि सामान्य बदली हुने भएको छ । त्यस्तै, देशका पहाडी भू-भाग र बाँकी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको छ । त्यस्तै, प्रदेश-१ र मधेश प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना भएको महाशाखाले जनाएको छ ।