२०८१ बैशाख १३ , बिहिवार

कर्णाली प्रदेशको पछिल्लो ६ महिनामा सडक दुर्घटनाबाट हुने मृत्यु संख्यामा उल्लेख्य मात्रामा सुधार

सुनाखरी न्युज/ काठमाडौं । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले कर्णाली प्रदेशमा सडक दुर्घटनाबाट हुने मृ्त्यु संख्या लाई उल्लेख्य मात्रामा सुधार गरेका छन । प्रहरी उपरीक्षक तिवारी दुर्घटना स्थलमा आफै खटेर सुरक्षा निकाय र प्रशासनिक नेतृत्वको समन्वयमा उद्धार एवम् विपदको समयमा सडक अवरोध हटाउने कार्यमा तदारुकता देखाई आफ्नो कार्य कुशुलता प्रस्तुत गर्न सफल भएका छन।

 

नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय आ.ब. २०७८/०७९ को कर्णाली प्रदेशको सडक दुर्घटनाको अर्धबार्षिक तुलनात्मक विश्लेषण

(१) आर्थिक वर्ष २०७८।०७९ को सवारी दुर्घटना संख्या र मृत्यु तथा घाईतेको विवरण
जम्मा सवारी दुर्घटना संख्याः ३७०, मानिस तयु १८०, गम्भिर घाईते ३६२ सामान्य घाईते ५८८ र चौपाया मृत्यु ५ घाईते(१
(क) २०७८ साउन ०१ गते देखि २०७८ पौष मसान्तसम्म ः

महिना मानिस जम्मा
मानिस मृत्यु सक्त घाईते साधरण घाईते
पु बा बालिका जम्मा पु बा बालिका जम्मा पु बा बालिका जम्मा स.दु. क्षेती स.दु. संख्या
श्रावण 10 1 0 0 11 16 15 0 2 33 26 8 1 0 35 0 40
भाद्र 4 2 1 0 7 22 8 1 0 31 20 6 0 0 26 0 24
असोज 27 13 3 0 43 21 9 2 3 35 11 9 2 1 23 0 23
कार्तिक 12 13 2 1 28 30 31 3 4 68 35 19 4 1 59 0 41
मंसिर 15 4 0 1 20 25 6 3 1 35 74 12 2 3 91 0 40
पौष 10 0 0 0 10 16 6 3 0 25 39 8 3 4 54 0 38
जम्मा 78 33 6 2 119 130 75 12 10 227 205 62 12 9 288 0 206

 

(ख) २०७८ माघ ०१ देखि २०७९ अषार मसान्त सम्म :

महिना मानिस जम्मा
मानिस मृत्यु सक्त घाईते साधरण घाईते
पु बा बालिका जम्मा पु बा बालिका जम्मा पु बा बालिका जम्मा स.दु. क्षेती स.दु. संख्या
माघ 2 2 1 0 5 10 1 1 0 12 22 15 8 5 50 0 0
फाल्गुन 9 0 1 0 10 11 6 0 0 17 24 5 5 1 35 33
चैत्र 7 0 0 0 7 18 3 0 0 21 47 13 6 5 71 36
वैशाख 10 1 2 0 13 17 5 2 1 24 22 22 4 4 52 33
जेष्‍ट 8 3 1 0 12 16 8 9 3 36 38 17 17 1 73 31
असार 13 1 0 0 14 16 6 1 1 25 10 4 2 3 19 31
जम्मा 49 7 5 0 61 88 29 13 5 135 163 76 42 19 300 164

 

(२)  आर्थिक वर्ष २०७८।०७९ को दुर्घटनामा संलग्न सवारी साधनको विवरण

(क) २०७८ साउन ०१ गते देखि २०७८ पौष मसान्तसम्म ः

 

महिना सवारी दुर्घटनामा संलग्न सवारी साधनहरु
ट्रक टेकंर टिपर बस माईक्रो,फोर्स जिप, कार ट्याक्टर टेम्पो मो.सा. सा.स.चल्ने अटो अन्य जम्मा
श्रावण 5 1 3 0 10 1 0 23 0 2 1 46
भाद्र 1 0 3 0 7 1 0 16 0 2 0 30
असोज 1 0 5 1 3 4 0 7 0 3 2 26
कार्तिक 4 0 2 1 8 6 0 20 1 6 0 48
मंसिर 1 0 6 1 8 9 0 20 1 4 0 50
पौष 6 0 4 2 4 8 0 17 1 3 1 46
जम्मा 18 1 23 5 40 29 0 103 3 20 4 246

 

महिना सवारी दुर्घटनामा संलग्न सवारी साधनहरु
ट्रक टेकंर टिपर बस माईक्रो,फोर्स जिप, कार ट्याक्टर टेम्पो मो.सा. सा.स.चल्ने अटो अन्य जम्मा
माघ 3 2 3 0 3 5 0 19 0 7 0 42
फाल्गुन 1 2 1 1 11 5 0 21 0 1 0 43
चैत्र 2 1 0 7 0 7 0 15 0 3 0 35
वैशाख 3 0 1 2 8 5 0 18 0 3 2 42
जेष्‍ट 3 0 2 1 8 4 0 18 0 3 0 39
असार 1 0 2 1 7 6 0 16 0 1 36
जम्मा 13 5 9 12 37 32 0 107 0 18 2 235

 

(ख) २०७८ माघ ०१ देखि २०७९ अषार मसान्त सम्म :

(३)  आर्थिक वर्ष २०७८/०७९ को कारवाही तथा राजश्व विवरणः

(क) २०७८ साउन ०१ गते देखि २०७८ पौष मसान्तसम्म :

महिना कारबाहि संख्या राजश्व रकम
श्रावण 2427 2031500
भाद्र 2931 2439000
असोज 3185 2657000
कार्तिक 4661 3892500
मंसिर 3788 3241500
पौष 3509 2926000
जम्मा 20501 1,71,87,500

(ख) २०७८ माघ ०१ देखि २०७९ अषार मसान्तसम्म :

महिना कारबाहि संख्या राजश्व रकम
माघ 2936 2445000
फाल्गुन 3185 2668000
चैत्र 3297 2658000
वैशाख 2954 2298000
जेष्ट 3581 2821000
असार 3988 3185500
जम्मा 19951 1,60,75,500

 

(४) आर्थिक वर्ष २०७८।०७९ को सचेतनात्मक कार्यक्रमको विवरण ः आर्थिक वर्ष २०७८।०७९ को सावन देखि पौष सम्म ८२६ पटक र माघ देखि अषार सम्म ९०३ पटक विविध सेतनात्मक कार्यक्रमहरु जम्मा १७२९ पटक संचालन गरिएको छ जसमा कुल १,४१,४९० जना व्यक्ति लाभान्वित भएको छ । दोस्रो अर्धवार्षिकीमा सचेतनात्मक कार्यक्रम पहिलाको भन्दा थप ४ % बृद्र्धि गरिएको छ । सचेतनात्मक कार्यक्रममा थोरै मात्र बृद्र्धि गर्दा थप ३२ % बृद्र्धि सम्म दुर्घटना दरमा ह्रास आउने रहेछ । त्यसैले ट्राफिक सचेतनात्मक कार्यक्रमलाई अभियान कै रुपमा कर्णाली प्रदेशमा बढाउँदा दुर्घटना दरलाई कम गर्न सकिन्छ ।

 

(५) तथ्याङ्गको विश्लेषण :

आर्थिक वर्ष २०७८।०७९ को तुलना गर्दा पहिलो आर्धवार्षिक (श्रावण देखि षौष ) मा मानिषको मृत्यु ११९ , सक्त घाईते २२७ , साधारण घाईते २८८ र सवारी दर्घटना संख्या २०६ भएको छ भने दोस्रो अर्धवार्षिक ( माघ देखि अषार ) सम्ममा मानिषको मृत्यु ६१ , सक्त घाईते १३५ , साधारण घाईते ३०० र सवारी दर्घटना संख्या १६४ भएको छ । दबै अर्धवाषिक समयसिमामा विश्लेषण गर्दा साधारण घाईतेमा केहि बृद्र्धि देखिएता पनि दोस्रो अर्धवार्षिकी सयममा सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापनका लागि विभिन्न सरोकारवाला निकायहरु संग समन्वय ,सहकार्य गरी ट्राफिक चेकिङ्गमा कडाई गरिएको र चालक,सहचालक,विद्यार्थी तथा आम नागरिक सम्म विभिन्न सचेतनात्मक कार्यक्रमहरु मार्फत सवारी दुर्घटना न्युनिकरणका लागि सचेतना अभिबृद्र्धि गर्ने गरिएको कारण दोस्रो अर्धवार्षिकी समयमा दुर्घटना संख्यामा पहिलो अर्धवार्षिकी भन्दा दोस्रो अर्धवार्षिकी समयमा सवारी दुर्घटना दरमा १२% कमी आएको जसका कारण मानिषको मृत्यु हुने दरमा पनि  ३२% कमी आएको छ ।

 

आर्थिक वर्ष २०७८।०७९ को तुलना गर्दा पहिलो आर्धवार्षिक (श्रावण देखि षौष ) मा सवारी कारवाही संख्या २०५०१ र राजश्व रु १,७१,८७,५००। संकलन भएको छ भने दोस्रो अर्धवार्षिक ( माघ देखि अषार ) सम्ममा १९९५१ कारवाही र राजश्व रु १,६०,७५,५००। संकलन गरिएको गरिएको छ । तथ्याङ्कलाई विश्लेषण गर्दा दोस्रो अर्धवार्षिकी समयमा कारवाही तथा राजश्व संख्या कारवाहीमा २% र राजश्व संकलनमा ४% प्रतिशत घटेको भएतापनि । सवारी चालक , सहचालक, पैदल यात्रीहरुलाई ट्राफिक ऐननियम र उलङघन गर्न हुदैन भनी व्यापक सचेतनात्मक कार्यक्रमलाई बढवा दिएको हुदा सवारी चालकहरुमा पहिला भन्दा ट्राफिक ऐन नियम उलङघन गर्ने प्रबृत्र्तिमा सुधार भएको देखिन्छ जसका कारण पहिला भन्दा सवारी दुर्घटनाको दरमा १२% कमी आएको देखिन्छ ।

 

(६) कर्णाली प्रदेशको ट्राफिक व्यवस्थापनमा गरिएका प्रयासहरु :

  • प्रदेशमा आएपछि नै सम्भव भएसम्मका स्थानमा Post Crash Response मा स्वयम् खटिई गई Victim Rescue लाई प्रभावकारी तरीकाले सम्पन्न गरियो भने अन्यत्र पनि जिल्लास्थित सुरक्षा निकाय र प्रशासनिक नेतृत्वको समन्वयमा उद्धार एवम् विपदको समयमा सडक अवरोध हटाउने कार्यमा तदारुकता रह्यो ।
  • यस क्रममा दशवटै जिल्ला पुगी सडक सुरक्षा र ट्राफिक व्यवस्थापन सम्बन्धी जिल्ला सम्मेलन सम्पन्न गरी सरोकारवाला पक्षको सहभागितामा प्रतिबद्धता पत्र र कार्ययोजना तयार पारी प्रत्येक महिना समिक्षा वैठक बसी समन्वयात्मक रुपमा लागु गरियो भने प्रदेश सम्मेलन र पालिका सम्मेलनको लागि प्रतिबद्धता पत्र र कार्ययोजनाको खाका तयार पारियो।
  • सन् २०३० सम्म सडक दुर्घटनाबाट हुने मृत्युलाई ५०% (Vision 50) मा झार्ने र सन् २०५० सम्म शुन्य (Vision Zero) मा झार्ने लक्ष्य अनुरुप रणनीति तर्जुमा गर्न यी प्रयासहरु लक्षित रहे। #Safe Road Safe Karnali को लक्ष्यलाई पुरा गर्न Behavioral, Road Infrastructure र Vehicle Safety को पक्षमा ध्यान दिने रणनीति लिईयो। व्यवहारिक पक्षमा सुधारका लागि Education, Training र Publicity Campaign मा जोड दिइयो ।
  • Self Communicating र Forgiving Roads को अवधारणा अनुरुप सडक डिभिजन कार्यालयहरुसँग मिली कर्णालीका सडकहरुमा Crash Barriers, Cat Eye, Convex Mirrors, Road Signs र Signals राख्ने कार्य भयो र क्रमशः हुने गरी व्यवस्था हुन सकेको छ ।
  • #Streets For Life, #Love30, #Save Kids Lives, #Speak Up #Pedestrian Safety #Road Safety Week #Road Safety School Awareness Program #Cycle Cities #Cities4Children #Commit2Act #Impaired Driving Prevention #Safe to School-Safe to Home (S2S-S2H), #Clean Roads Initiative to #Beat Plastic Pollution #Love30 Photo Contest #Road Safety Quiz Contest #Road Safety Oratory Competition लगायतका सिर्जनात्मक कार्यक्रम मध्ये केही सम्पन्न गरियो भने केही सञ्चालनको लागि तयारी गरियो ।

 

  • मा प से गरी सवारी चलाउनेलाई प्रशिक्षण दिने व्यवस्था, स चा अ प प्राप्त गर्नेलाई प्रशिक्षण, राजनीतिक नेतृत्व र प्रशासनिक नैतृत्वलाई Road Safety Sensitization Briefing कार्यक्रम सम्पन्न गरियो।
  • छाडा पशु चौपाया व्यवस्थापनको लागि प्रदेश सरकार र पालिकासँग समन्वय गरी काम अगाडि बढिरहेको छ ।
  • विरेन्द्रनगरको Parking Map तयार गर्नको लागि विज्ञहरुसँग सहकार्य भईरहेको छ । प्रदेशको Road Crash Map र Black Spot Mapping को लागि काम भईरहेको छ ।
  • सुरक्षाकर्मी र स्वाश्थ्यकर्मीलाई लक्षित गरी Post Trauma Care (PTC) Training सञ्चालनको तयारी भयो भने सबै ट्राफिक प्रहरी कार्यालय र सवारी साधनमा First Aid Kits राख्नको लागि व्यवस्था भएको छ।
  • प्रदेश जनस्वाश्थ्य निर्दैशनालयसँग मिली RTA सम्बन्धी Research प्रकाशन हुने क्रममा छ भने Transport Engineering का विद्यार्थीहरुसँग मिली Research गर्ने तयारी भएको छ ।
  • कार्यालय परिसरमा फलफुलका विरुवा रोपियो। कार्यालयमा पानीको व्यवस्था गरियो।
  • जनगुनासोहरुलाई सम्बोधन गरियो । प्रहरीको व्यवहारमा सुधारको लागि तालिम प्रशिक्षण र ब्रिफिङ्ग गरियो ।
  • प्रहरीलाई प्रभावित गर्न खोज्ने चालक, सहचालक र अर्काको परीक्षा दिनेलाई कानुनी कारवाहीको दायरामा ल्याईयो।
  • VRU (Motorcyclist, Pedestrian, Cyclist र Public Transport Users) को सुरक्षाको लागि विविध कार्यक्रम र सचेतनामुलक कार्यक्रम सञ्चालन गरियो ।
  • यातायात व्यवस्था कार्यालयबाट दिईने सेवाहरुलाई भरपर्दो र पारदर्शी बनाउन प्रयास भयो भने सवारी चालक अनुमति पत्र वितरण कार्यलाई व्यवसायिक र प्रभावकारी बनाईयो ।
  • प्रहरी कर्मचारीलाई समान व्यवहार र कर्मचारीको गुनासो सुन्ने संयन्त्र प्रभावकारी बनाईयो। काज खटाउने कार्यलाई व्यवस्थित गरियो ।
  • भाडामा रहेको कार्यालय भवनलाई आफ्नै कार्यालयमा बस्ने गरी व्यवस्था मिलाईयो भने अन्यत्र पनि जग्गा प्राप्ति र निर्माण कार्य भयो ।
  • Smart Traffic Policing को अवधारणा अनुरुप CCTV, Radar Gun, Breathalyzer लगायतका साधन प्राप्त गरियो ।
  • अटोको भाडादर कायम गरियो भने सार्वजनिक सवारीको भाडादर कायम गर्ने काम अन्तिम चरणमा छ।
  • स्थानीय चुनावमा हुम्लामा खटी गई सो कार्यलाई सफल पार्न सहयोग गरियो। १० वटा जिल्लाका सबैजसो ट्राफिक प्रहरी ईकाई निरिक्षण गरि प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिने अवसर मिल्यो भने स्थानीय प्रशासक, सुरक्षाकर्मी, सरोकारवाला निकाय र नागरीक समाजसँग सडक सुरक्षाका बिषयमा छलफल गर्ने अवसर मिल्यो भने प्रदेशको समस्या, चुनौति, भुगोल र सडक सञ्जाल बारे पनि गहन जानकारी हुँदा पनि काम गर्न सजिलो भयो ।
  • विगत ३ बर्षको दुर्घटना तथ्यांक विश्लेषण गरी संचार माध्याम मार्फत जनमानसमा जानकारी गराईयो, ६ महिनाको तुलनात्मक अध्ययन गर्दा दुर्घटना झण्डै आधाले घटेको छ ।
  • गत आ. ब. को पछिल्लो ६ महिनामा अघिल्लो ६ महिना भन्दा कम दुर्घटना हुनु हाम्रो संयुक्त प्रयासको प्रतिफल हो ।

 

(७) ट्राफिक व्यवस्थापनमा गरिएका विविध कार्यहरु संक्षिपीकरण :

(क) २०७८ साउन ०१ गते देखि २०७८ पौष मसान्त सम्म :

कोभिड न्युनिकरण एवं सचेतनात्मक कार्यक्रम अन्र्तगत सुर्खेत बिरेन्द्रनगर नगरपालिकामा मास्क वितरण गरी मिति २०७८।०४।ंंंं१९गते १ दिन तपाईको मास्क खोइ भन्ने कार्याक्रम तर्जुमा गरी सचालन गरिएको । उक्त सम्यमा झण्डै २००० थान मास्क वितरण गरिएको ।
छाडा चौपायाको कारण हुने सवारी दुर्घटनामा कमी ल्याउने उद्देश्यले बिरेन्द्रनगर नगरपालिका स्थित बजार क्षेत्रमा २०७८।०४।२५ गते ४० वटा छाडा चौपायाहरुलाई स्टिकर टाँस गर्ने कार्यक्रम संचालन गरिएको । कर्मचारीको आचरण व्यवहारमा सकरात्मकता ल्याउन मिति २०७८।५।२७ गते सबै जिल्लाहरुमा १ दिने मानव अधिकार सम्बन्धी अनुशिक्षण दिने कार्यक्रम गरिएको ।
मिति २०७८।०६।१७ गते ६६ औ.प्रहरी दिवशको उपलक्ष्यमा बिरेन्द्रनगर बजार क्षेत्रमा तपाईको मास्क खोई भन्ने कार्यक्रम संचालन गरी सचेतनात्मक स्टिकर ३००० थान विभिन्न सवारी साधनहरुमा टाँस गरिएको साथै ५०००। थान मास्क पनि वितरण गरिएको । यस बाट ७४९५ मानिष लाभान्वित भएको ।
मिति २०७८।७।२५ गते जिल्ला सुर्खेत स्थित बिरेन्द्रनगर बजार क्षेत्रमा विरेन्द्रनगर नगरपालिका तथा अन्य सरोकारवाला पक्ष संग समन्वय गरी बजारक्षेत्रको १०५ स्थानमा विभिन्न ट्राफिक संकेतहरु राख्ने कार्य भएको ।
मिति २०७८र०८र२८ गते जिल्ला प्रशासन कार्यालय सुर्खेतमा प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल ज्यू को संयोजकत्वमा ूवीरेन्द्रनगर नगरपालिका क्षेत्रभित्रको ट्राफिक व्यवस्थापन तथा शहरी सौन्दर्यीकरण सम्बन्धी अल्पकालीन कार्ययोजनाू मा सरोकारवालाहरुसँग वृहत छलफल भई महत्वपुर्ण निर्णयहरु भयो।
मिति २०७८।०९।०।०४ गते मध्यपश्चिम विश्वविद्यालय र ट्राफिक प्रहरीेले संयुक्त रुपमा बहुअयामिक अध्ययन अनुसन्धान गर्नुका साथै ट्राफिक व्यवस्थापनका वर्तमान अवस्थामा सुधार ल्याउने विषयमा उपकुलपति प्रा.डा.नन्द ब.सिंह रजिष्टर प्रा.डा.नारायाण प्रसाद पौडेल सम्पूर्ण संकायका डिन , कार्याकारी निर्देशकहरु , परिक्षा व्यवस्थापन कार्यालय प्रमुख लगाउका उपस्थितीमा छलफल ।
मिति २०७८।०९।०१ गते यातायात ब्यवस्था कार्यालय,सुर्खेतका नि।कार्यालय प्रमुख आन्नद चपाई सँग सवारी चालक अनुमति पत्रको ट्रायल परिक्षा उत्तिर्ण गरेका आवेदकहरुलाई सवारी चालक अनुमति पत्र दिनु अगाडी ूट्राफिक नियम सम्बन्धि अनुशिक्षणूदिने व्यवस्था गर्ने विषयमा छलफल भई स्रोत साधन जुटाई उक्त व्यवस्था लागु गर्ने सम्वन्धमा भएको छलफल ।
मिति २०७८।०९।०८ गतेबाट मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकहरुलाई प्रशिक्षण दिने कार्यको थालनी गरिएको हाल सम्म मादक पदार्थ सेवन गरी सवारी चलाउने ४६० जना लाई मादक पदार्थ सेवन सम्बन्धि सचेतना दिने कार्य भएको ।

मिति २०७८।०९।२६ गते सडक दुर्घटना न्यूनिकरण गर्ने उदेश्यले सडक डिभिजन सुर्खेत संग सडक संकेत तथा सडक सुरक्षा सम्बन्धमा बैठक वसी गरेको निर्णायलाई कार्यान्वयन गर्नको लागि मिति २०७८।१०।०५ , ०६ र एै.०७ गते सुर्खेत बाङ्गेसिमल देखि दैलेखको दही खोला सम्मको कर्णाली राजमार्ग , छिन्चु हर्रे देखि जाजरकोटको छेडा सम्मको सडक खण्ड तथा सुर्खेत कपासे देखि दैलेख सदरमुकाम सम्मको सडक खण्डमा सडक सुरक्षाको लागी आवश्यक पर्ने ट्राफिक सचेतनात्मक चिन्हहरु के कुन स्थानहरुमा राख्न उपयुक्त हुन्छ भनी सडक डिभिजन कार्यालय सुर्खेतको प्राविधिक समुह सहितको टोली संग संयुक्त स्थलगत अनुगमन गरिएको । हाल यसै पतिवेदनको आधारमा विरेन्द्रनगर पालिकाको मुलराजमार्गमा सडक संकेतहरु राख्ने , सडक मारकिङ्ग गर्ने कार्य सडक डिभिजन कार्यालय सुर्खेतबाट भई रहेको ।

 

(ख) २०७८ माघ ०१ देखि २०७९ अषार मसान्त सम्म :

  • मिति २०७९/०४/०६ गते यातायात व्यवस्था कार्यालय सुर्खेतबाट लिइएको सवारी चालक अनुमतीपत्रको लिखीत परीक्षा अनुगमन गरिएको |
  • विरेन्द्रनगर न.पा.को Parking Map तयार गर्ने सम्बन्धमा मिति २०७९/०४/०२ गते यस का. का प्र. उ. भुवनेश्वर तिवारी, न.पा.का कार्यकारी प्रमुख नरहरी तिवारी, सडक सुरक्षा विज्ञ ई हेमन्त तिवारी र त्रिलोक बिष्ट,जि.ट्रा प्र का का प्र नि, वडा नं ६ का अध्यक्ष समेतको वैठक बसी फिल्ड भिजिट समेत भएको ।
  • आज मिति २०७९।०३।३२ गते यस कार्यालयका प्र.उ. भुवनेश्वर तिवारीबाट सुर्खेत दैलेख सडकका बिभिन्न भागमा सडक डिभिजनबाट राख्न लागिएका Crash Barriers, सडक चिन्ह, सुचनामुलक बोर्डहरु, Cat Eyes राख्ने कार्यको अनुगमन एवम् सवारी चालकहरुलाई सचेतना प्रदान गरिएको ।
  • स्वच्छ सडक अभियान (Clean Roads Initiative) अन्तर्गत आज मिति २०७९।०३।३२ गते प्रहरी कर्मचारीहरु तथा विभिन्न सरोकारवाला निकायहरुको उपस्थितिमा वृहत सरसफाई कार्यक्रम गरिएको ।
  • मिति २०७९/०३/३१ गते मध्य-पश्चिम विश्वविद्यालय ईन्जिनियरिङ्ग अध्ययन संस्थान अन्तर्गत स्नातक तह Transport Engineering का विद्यार्थीहरुलाई राडार गनबाट सवारीको गति मापन गर्ने सम्बन्धी व्यवहारीक प्रशिक्षण प्रदान गरिएको ।
  • मिति २०७९/०३/३१ गते प्र.उ. भुवनेश्वर तिवारीबाट टोको सवारी चालक अनुमति पत्रको ट्रायल परीक्षामा सहभागीहरुलाई प्रशिक्षण गरिएको ।
    मिति २०७९।०३।३० गते कर्णाली प्रदेश प्रहरी प्रमुखज्यूवाट यस कार्यालयको निरीक्षण अनुगमन भई कार्यरत प्रहरी कर्मचारीहरुलाई अमूल्य निर्देशन भएको ।
    मिति ंंंं२०७९।१२।१५ गते देखि यस कार्यालयलाई प्राप्त भएको यान्त्रिक कार्यलयको पुरानो जीर्ण भवनलाई कार्यालयको आन्तरिक बजेटबाट रंगरोगन तथा सुधार गरी कार्यालय संचालन गरिएको ।
  • मिति २०७९ असार २४ गते जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्र.जि.अ खगेन्द्र रिजाल, स.प्र.जि अ ईश्वरी प्र पाण्डे, यस का. का प्रमुख प्र.उ. भुवनेश्रर तिवारी बाट संयुक्त चेकिङ्ग कार्यको अनुगमन तथा यातायात व्यवस्था कार्यालय, ट्राफिक, जिल्ला प्रशासन कार्यालय र जि प्र का सुर्खेत,जि.ट्रा.प्र.का.सुर्खेतको संयुक्त टोलीले १९७ सवारी साधनलाई चेकजाँच गरी २,८३,०००| संकलन भएको ।
  • मिति २०७९।०३।२३ गते जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं. ०६ सिटि हल अगाडी भानु पार्क स्थित सवारी दुर्घटना न्यूनिकरण गर्ने उदेश्य अनुरुप ५ स्थानमा ट्राफिक संकेत चिन्ह राखिएको ।
  • मिति २०७९/०३/२१ गते सडक सुरक्षा विद्यालय सचेतना कार्यक्रम (Road Safety School Awareness Program) गर्ने अभियान अन्तर्गत वीरेन्द्रनगर नगरपालिका वडा नं ७ स्थित श्री कृष्ण स. तथा सा. मा वि इत्रामका कक्षा १० मा अध्ययनरत १५० जना बिद्यार्थीहरुलाई प्र.उ भुवनेश्वर तिवारीद्वारा प्रशिक्षण दिइएको
  • मिति २०७९/०३/२१ गते सडक सुरक्षा विद्यालय सचेतना कार्यक्रम (Road Safety School Awareness Program) गर्ने अभियान अन्तर्गत वीरेन्द्रनगर नगरपालिका वडा नं ७ स्थित श्री कृष्ण स. तथा सा. मा वि इत्रामका कक्षा १० मा अध्ययनरत १५० जना बिद्यार्थीहरुलाई प्र.उ भुवनेश्वर तिवारीद्वारा प्रशिक्षण दिइएको
  • मिति २०७९।०३।१८ गते स्वच्छ सडक अभियान (Clean Roads Initiative) अन्तर्गत यस कार्यालय तथा मातहत अस्थाई ट्राफिक प्रहरी पोष्टहरुमा कार्यरत प्रहरी कर्मचारीहरु तथा विभिन्न सरोकारवाला निकायहरुको उपस्थितिमा वृहत सरसफाई कार्यक्रम गरिएको ।
  • यातायात व्यवस्था कार्यालय सुर्खेतबाट लिइने विभिन्न वर्गका सवारी चालक अनुमति पत्रको लिखित परीक्षालाई व्यवस्थित र मर्यादित बनाउनका लागी लोकसेवा कार्यालय सुर्खेतको परिक्षाहलमा मिति २०७९/०३/१७ गते संचालित वर्ग A,B,C र K को लिखित परिक्षाको अनुगमन गरिएको ।
  • मिति २०७९/०३/१७ गते वि.न.पा सुर्खेत उपत्यका भित्र रहेका Commercial Bank का प्रमुख तथा शाखा प्रमुखहरु संग Road Safety मा Bank हरुको सामाजिक उत्तरदायित्व वहन नीति अनुसार सहकार्य एंव समन्यव गरी विविध सचेतनामुलक कार्यक्रम संचालन गर्ने विषयमा छलफल गरिएको
  • मिति २०७९/०३/१७ गते यस कार्यालय परिसरमा बिभिन्न जात (आभोकाडो-४, लिची- ५, निम-४, रुद्राक्ष-२, जामुन-३, कागत-२ ) का जम्मा २० वटा फलफुलका विरुवा रोपिएको ।
  • मिति २०७९/०३/१४ गते वीरेनद्रनगर न पा का नवनिर्वाचित प्रमुख श्री मोहनमाया ढकालसँग न पा को सडक सुरक्षा, ट्राफिक व्यवस्थापन एवम् शहरी सौन्दर्यीकरण र पालिका सम्मेलन सम्बन्धी बिषयमा भएको ।
  • नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय सुर्खेतबाट संचालित सडक सुरक्षा विद्यालय सचेतना कार्यक्रम( Road Safety School Awareness programe) PABSON र N-PABSAN को सहकार्यमा मिति २०७९/०३/०८ गते कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका नि.कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक राजेश नाथ बास्तोलाबाट पहिलो चरणमा सामुदायिक र संस्थागत विद्यालय गरी २५ वटा विद्यालयमा सडक सुरक्षा विद्यालय सचेतना कार्यक्रम सुरु गरी कर्णाली प्रदेशका अन्य जिल्लाका विद्यालयहरुमा कक्षा ९ र १० का विद्यार्थीलाई प्रशिक्षण दिने कार्यक्रमहरु संचालन भईरहेको र कर्णाली प्रदेशका १० वटै जिल्लाका २६०० जति बिद्यालयमा उक्त कार्यक्रम गरि अन्दाजी १५०००० विद्यार्थिहरुलाई प्रशिक्षण दिने लक्ष्य राखीएको र हालसम्म ६० वटा विद्यालयका १०,००० बिद्यार्थीलाई प्रशिक्षण गरीएको ।
  • मिती २०७९।०३।१४ गते आन्तरीक मामिला तथा कानुन मन्त्रालय सुर्खेत,नेपाल प्रहरी राजमार्ग सुरक्षा ताथा ट्राफिक ब्यबस्थापन कार्यालय सुर्खेत र जिल्ला ट्राफिक प्रहरी कर्यालय दैलेखले सवारी चालक सह- चालक र यातायात ब्यबसायी संग सवारी दुर्घटना न्युनिकरणका लागी जि.प्र.का.दैलेखको सभाहलमा अन्तरक्रिया प्रशिक्षण कार्यक्रम भएको ।
  • मिति २०७९/०३/१३ गते ट्राफिक प्रहरी, सवारी चालक, यातायात मजदुरहरुसँग “स्वच्छ सडक अभियान “(Clean Roads Initiative) कार्यक्रम गर्ने विषयमा छलफल भएको ।
  • मिति २०७९।०२।२९ गते बिहान ०७;०० देखि ०९;०० बजे सम्म र साँझ १५;०० बजे देखि १७;०० बजे सम्म यातायात व्यवस्था कार्यालय सुर्खेत र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको संयूक्त आयोजनामा सुर्खेत जिल्ला अवस्थित रत्न राजमार्गमा यात्रु बाहक तथा माल बाहक सवारी साधनका चालक तथा सह-चालक गरी जम्मा १२० जानालाई सडक सुरक्षा तथा यात्रुहरुको सुरक्षामा ध्यान दिनु पर्ने विषयमा सचेतनामुलक कार्यक्रम गरिएको ।
  • मिति २०७९/०३/०७ गते नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, सुर्खेत स्वास्थ निर्देशनालय सुर्खेत र जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतद्वारा सुरु गरिएको कर्णाली प्रदेशमा सडक दुर्घटना सम्बन्धि अनुसन्धान कार्य (Research work) को (Research work) को मध्यकालीन छलफल भएको ।
  • २०७९।०२।११गते निरीक्षण भ्रमण को सिलसिलामा जिल्ला ट्राफिक प्रहरी कार्यालय डोल्पामा आवश्यक निर्देशण दिंदै
  • मिति २०७९।०२।११ गते जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रतिनिधि, यातायात व्यबस्था कार्यालय सुर्खेतका कार्यालय प्रमुख सहित खटिएको संयुक्त चेकिङ्ग टोलिले सुर्खेत-दैलेख, सुर्खेत-जुम्ला र सुर्खेत-नेपालगंज सडक-खण्डमा संचालन हुने सार्बजनिक यात्रुबाहक, निजी सवारी साधनहरुको भाडा दर चेकजाँच, कागज पत्रहरुको चेकजाँच, सवारी साधनको अवस्था, सिट क्षमता भन्दा बढी यात्रु राख्ने सवारी साधनहरुको जेकजाँच, मालवाहक सवारी साधनहरु र प्रयोजन विपरित संचालन भएका सवारी साधनहरुको चेकजाँच गरी मापदण्ड विपरितलाइ कारबाही गरी जम्मा रु 89,500।- राजश्व संकलन गरिएको।
  • मिति २०७९।०२।०९ गते प्रमुख जिल्ला अधिकारी ज्यु र आन्तरिक राजश्व कार्यालय सुर्खेतका प्रमुख ज्युद्धारा बिभिन्न मितिमा यस कार्यालयबाट खटिएको टोलीले चेकिङ्गको क्रममा सवारी दर्ता किताव पेश गर्न नसकी नियन्त्रणमा लिएका, दुर्घटना भई लामो समयसम्म लिन नआएका र लामो समयसम्म नविकरण नगरी नविकरण फेल भएका १५० थान , (yfg दुई पाङ्ग्रे) बिभिन्न कम्पनीका स्कुटर तथा मोटरसाईकलहरु व्यवस्थापन कार्यको लागि आवश्यक छलफल गर्नु भई स्थलगत अनुगमन भएको ।
  • स्थानीय तह निर्वाचन २०७९ को सिलसिलामा मिति २०७९/०२/०५ गते हुम्ला जिल्लाको अनुगमनमा जानु भई जिल्ला ट्राफिक प्रहरी कार्यालय हुम्लाको निरीक्षण गरी निर्देशन दिंदै
  • मिति २०७९।०१।२२ गते आन्तरिक मामिला तथा कानुन मन्त्रालयका श्रीमान सचिव दिनेश सागर भुषालज्युको अध्यक्षता तथा भौतिक पुर्वाधार विकास मन्त्रालय, कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय, सडक डिभिजन कार्यलय सुर्खेत, जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेत, यातायात ब्यवसायिक संघको प्रतिनिधिहरुको उपस्थितिमा कर्णाली प्रदेश सडक सुरक्षा कार्ययोजना माथि छलफल ।
  • मिति २०७९ साल बैशाख २१ गते आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आयोजना गरेको “मर्यादित यातायात सेवाका लागि सार्वजनिक सवारी चालक तथा सहचालकहरुसंग ट्राफिक सचेतनामुलक अन्तरक्रिया कार्यक्रम” मन्त्रालयका श्रीमान सचिव दिनेश सागर भुषालज्युको अध्यक्षता तथा क.प्र.ट्रा. प्र.का.का प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीज्युको आतिथ्यतामा सुर्खेतमा भएको कार्यक्रम ।
  • मिति २०७९।०२।०३ गते कर्णाली प्रदेश कार्यालय सुर्खेतबाट भएको भिडियो कन्फरेन्समा कर्णाली प्रदेश अन्तर्गतका जिल्ला प्रहरी प्रमुखहरुसँग आगामी दिनहरुमा सडक सुरक्षा र ट्राफिक व्यवस्थापनमा कार्य योजना बनाई कार्यन्वयनका लागि मासिक बैठकमा प्रगती समीक्षा गर्ने तथा निकट भविष्यमा हुन गईरहेको प्रदेश स्तरीय तथा पालिकास्तरीय सम्मेलनहरुको पनि तयारी गर्ने सम्बन्धमा छलफल भएको ।
  • मिति २०७९।०१।०५ गते हुम्ला जिल्लाका प्र.जि.अ. श्री सीता परियार ज्यूको प्रमुख आतिथ्यमा यस कार्यालयका प्र.उ. श्री भुवनेश्वर तिवारी, जि.प्र.का. हुम्लाका प्र.ना.उ. श्री कृष्णराज ओझा अन्य सुरक्षा निकायका प्रमुख, बिभिन्न कार्यालय, संघ संस्था तथा सरोकारवाला निकायहरुका प्रमुख तथा स्थानीय प्रतिनिधिहरु लगायत पत्रकार सहितको सहभागितामा “सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन” सम्बन्धी जिल्ला स्तरीय बैठक गरीएको । साथै दैलेख, सुर्खेत, जाजरकोट, सल्यान, मुगु, डोल्पा, कालिकोट, जुम्ला, रुकुम पश्चिममा समेत गरीएको ।
  • मिति २०७९।०१।१३ गते आन्तरिक मामिला तथा कानून मन्त्रालय कर्णाली प्रदेश, भौतिक पुर्वाधार तथा शहरी विकाश मन्त्रालय, सडक डिभिजन कार्यालय सुर्खेत,यातायात ब्यबस्था कार्यालय सुर्खेत, जि.ट्रा.प्र.का सुर्खेत, वि.न.न.पा सुर्खेतका पदाधिकारीहरुको उपस्थितिमा ट्राफिक ब्यबस्थापन तथा सडक सुरक्षा सम्बधमा पालिका स्तरिय र प्रदेश सम्मेलन तयारीका लागि आवश्यक छलफल ।
  • प्रहरी प्रधान कार्यालयको विभिन्न मिति र चलानी नम्वरको पत्रादेशानुसार बढुवा हुनु भएका यस कार्यालय तथा मातहत जि.ट्रा.प्र.का सुर्खेतमा कार्यरत प्रहरी बरिष्ठ नायव निरीक्षक,प्रहरी बरिष्ठि हवल्दार तथा प्रहरी सहायक हवल्दारहरुलाई एक कार्यक्रम का बिच आज मिति २०७८।१२।२५ गते दर्ज्यानी चिन्ह सुशोभन ।
  • वराहताल गा.पा. वडा नं. ५ बड्डीचौरमाअस्थाई ट्राफिक प्रहरी पोष्ट बड्डीचौरको भवन समुद‍घाटन_कार्यक्रम मिति २०७८।१२।२४ गते भएको ।
  • आज मिति २०७८।१२।०९ गते जिल्ला प्रशासन कार्यालय सुर्खेतका निमित्त प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा निजी सवारी साधन (रातो प्लेट) हरुको नियमन गर्ने सम्बन्घमा सरोकारवालाहरु विचमा समन्वयात्मक बैठक ।
  • मिति २०७८।११।०२ गते यातायात व्यस्थापन समिति, सुर्खेतको वैठकमा प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, यातायात व्यबस्था कार्यालय, यातायात व्यवसायी र कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुखको उपस्थीतिमा कर्णाली प्रदेशका सबै जिल्लाहरूसंग समन्वय गरी यात्रुबाहक सवारी साधनहरूको नयाँ भाडा दर तथा रुट कायम गर्ने सम्बन्धी भएको छलफल ।
  • मिति २०७८।१०।२४ गते जिल्ला ट्राफिक प्रहरी कार्यालय जाजरकोट तथा मातहत पोष्‍टहरु समेतमा कार्यरत ट्राफिक प्रहरी कर्मचारीहरुलाई निरिक्षण, ब्रिफिङ् तथा राजनैतिक दल,स्थानिय जनप्रतिनिधिहरु,स्थानिय बासिन्दा तथा सम्वन्धीत सरोकारवाला पक्षहरु संग छलफल।
  • मिति २०७८।१०।०८ गते जिल्ला कोभिड व्यवस्थापन समिति सुर्खेतको आयोजनामा कर्णाली प्रदेश सुर्खेतका माननीय मुख्यमन्त्री श्री जीवन बहादुर शाहीको आतिथ्यतामा वीरेन्द्रनगरको मंगलगढी चोक देखि सुरु भएको र्‍यालीमा बिभिन्न सचेतनामुलक प्ले-कार्ड र व्यानरहरु पर्दशन ।
  • मिति २०७८।०९।२६ गते सडक डिभिजन कार्यालय सुर्खेतका प्रमुख अविमन दास मुल्मी बिच रत्न राजमार्ग, दैलेख सडक खण्ड र कर्णाली राजमार्गमा ट्राफिक चिन्ह सडक सुरक्षा सम्वन्धि र सवारी दुर्घटना न्यूनिकरणको लागी ट्राफिक संकेत बोर्डहरु राख्ने विषयमा वृहत छलफल ।
  • मिति २०७८/०९/१८ गते कर्णाली प्रदेशका माननीय मुख्य मन्त्री श्री जीवन बहादुर शाही ज्यू को कार्यकक्षमा शिष्टाचार भेट एवम् समग्र कर्णाली प्रदेशको ट्राफिक व्यवस्थापन साथै भावी कार्ययोजनाका विषय प्रस्तुत भयो । सो अवसरमा कर्णाली प्रदेशका प्रमुख सचिव श्री राजकुमार श्रेष्ठ ज्यू समेत उपस्थित हुनुहुन्थ्यो ।
  • सडक दुर्घटना न्यूनिकरण गर्ने उदेश्य अनुरुप मिति २०७८।१०।०७ गते रत्न राजमार्ग अन्तर्गत सुर्खेतको बाङ्गेसिमल देखि हर्रे र छिन्चु देखि जाजकोटको छेडा सम्मको सडक खण्डमा Road Safty को लागी आवश्यक ट्राफिक सचेतनात्मक चिन्हहरु के-कुन स्थानमा राख्न उपयूक्त हुन्छ भनि सडक डिभिजन कार्यालय सुर्खेत र कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतबाट संयूक्त रुपमा स्थलगत अवलोकन ।