२०८० चैत्र १६ , शुक्रवार

छिमेकी मित्र राष्ट्र भारतका राष्ट्रपति द्रौपदी मुर्मु

किरण गिरी । यतिखेर ‘ओडिशा की छोरी’ को रुपमा चर्चित द्रौपदी मुर्मू (१९५८– ) भारतका १५ औं, दोस्रो महिला र पहिलो आदिवासी–जनजाति राष्ट्रपति निर्वाचित भईन् ।

 

प्रथम राष्ट्रपति राजेन्द्रप्रसाद दुई कार्यकालसम्म बहाल रहेको हिसाबले उनी १६ औं राष्ट्रपति हुन्छिन् । उनले सबभन्दा कम उमेर (६४ वर्ष) मा राष्ट्रपति भएको रेकर्ड पनि बनाईन् । प्रतिपक्षी भारतीय पार्टीहरूको तर्फबाट यशबन्त सिन्हा उम्मेद्वार भएका थिए । यशवन्त हिजोअस्तीसम्म भारतीय जनता पार्टीकै नेता थिए । राष्ट्रपति मुर्मू सन्थाल जनजातिकी हुन् । उनले गृहग्राम ओडिसाको रायरंगपुर क्षेत्रबाट सन् २०१४ को विधानसभा निर्वाचन लडेकी थिइन्, तर पराजित भईन्। त्यसअघिको विधायक कार्यकालमा उनले उत्कृष्ट विधायकको रेकर्ड राखेर पुरस्कृत पनि भईन् ।

 

चन्द्रमणी गौतमको सामाजिक सञ्जाल का अनुसार समेत :-
भारतीय राज्य ओडिसाको रायरंगपुरमा एक गरीब सन्थाल परिवारमा जन्मेकी राष्ट्रपति द्रौपदीले यसअघि प्रान्तीय गभर्नर (२०१५–२१), प्रान्तीय मन्त्री (२०००–४) जस्ता पदहरूमा सफलतापूर्वक कार्यसम्पादन गरिन्, वेदाग व्यक्तित्वको रुपमा । सत्तारुढ भाजपाले आदिवासी–जनजातिलाई १ अर्ब ३५ करोड जनसंख्यावाला राष्ट्रको प्रमुख बनाएर २०२४ को संसदीय निर्वाचन र गुजरात, छत्तीसगढ, राजस्थान, मध्यप्रदेश जस्ता राज्यमा हुने आसन्न निर्वाचनको लागि आदिवासी जनजातिको मत तान्ने रणनीतिस्वरुप पनि राष्ट्रपति चयनमा आदिवासी–जनजाति समुदायलाई रोजेको देखिन्छ ।

 

४ वर्षको अन्तरालमा जवान अवस्थाका दुई छोरा गुमाएकी द्रौपदीले ६ वर्षको अन्तराल (२०१४) मा पति श्यामाचरण मुर्मूलाई पनि गुमाएको बज्रपातले उनलाई ठूलो आघात पुर्यायो । उनी हाल एक्लो जीवन बिताईरहेकी छन् र ॐशान्ति (ब्रम्हाकुमारी) आध्यात्मिक बाटो लिईन् । सपथ लिईसके पछि राष्ट्रपति मुर्मूलाई भारतीय काँग्रेसका एक नेता अधीर रञ्जन चौधरीले बोल्ने क्रममा ‘राष्ट्रपत्नी’ भनेकोलाई लिएर भारतीय संसदमा सत्तारुढ भाजपाले रौद्र रुप देखायो । अन्ततः जिब्रो चिप्लिएर आफूले त्यसो बोलेकोमा क्षमा मागेपछि स्थिति शान्त भयो । भारतमा ७०५ थरिका १४ करोड (जनसंख्याको ८.६ प्रतिशत) आदिवासी–जनजाति समुदाय बसोबास गर्छन् । सबभन्दा बढी जनजाति संख्या पश्चिममा राजस्थान लगायत उडिसा, झारखण्डदेखि लिएर असम र वरिपरिका सुदूरपूर्वी राज्य नै हुन् । भूमीहिनता वा भूस्वामित्वको समस्या यिनीहरूको सबभन्दा ठूलो समस्या हो । बलात्कार, महिला बेचबिखन, हत्या, श्रम शोषण, विकासले गराएको विस्थापन पनि मूख्य समस्या हुन् ।

 

नेपालको झापा जिल्लामा सन्थाल (सतार) जनजातिको राम्रै बसोबास छ । छिमेकी मित्र राष्ट्र भारतका -१६ रास्ट्रपति द्रौपदी मुर्मु लाई हार्दिक बधाइ तथा सफलता को शुभकामना ।

लेखन तथा संयोजन – किरण गिरी नेपाली कांग्रेसका निबर्तमान केन्द्रीय सदस्य एबं महासमिति सदस्य हुन ।