२०८१ बैशाख ७ , शुक्रवार

पुर्नस्थापना केन्द्रहरुमा नयाँजिवनको लागि टेबुलटेनिस

सुनाखरी न्युज/ पोखरा । लागुपदार्थ दुव्र्युसनमा परि उपचार्थ पुनःस्थापना केन्द्रमा रहेका महिला तथा पुरुष सेवार्थीहरुको लागि नौलोघुम्ती नेपालले ‘पुर्नजिवनको लागि टेबुलटेनिस पयिोजना सुरु गर्ने शुक्रबार आयोजित एक कार्यक्रममा जानकारी गराईएको छ ।

 

कार्यक्रमका प्रमुख अतिथि स्पोट्र्स फर अल नेपालका अध्यक्ष, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा पुर्व राष्ट्रिय खेलाडी बिष्णु गोपाल श्रेष्ठले टेबुलटेनिस खेल सबै उमेर समुह र सानो क्षेत्रमा पनि खेल्न सकिने खेल भएकोले जानी नजानी दुव्र्यसनमा फसेरका युवाहरुलाई पुर्नजिवन दिन निकै फलदायी हुने वताउँदै कुनै पनि खेलले औंषधिको काम गर्ने वताउनु भयो । सबैको लागि मान्छे, भएर जन्मनु ठुलो कुरा होइन मान्छे भएर मर्नु नै जन्मको सार्थक हुन्छ हामी आफ्नो लागि भन्दा पनि अरुको लागि काम गर्नु पर्छ । खेलकुद नै औंषधी भन्ने बैज्ञानिकबाट प्रमाणित भइ सकेको छ । कोही पुर्ण छैन सिक्दै जानु नै हाम्रो उद्देश्य हो । चुनौतीको बारेमा सोच्नु नै समाधानको उपाए हो ।

 

गण्डकी प्रदेश खेलकुद परिषद् बोर्ड सदस्य दिलबहादुर गुरुङले रिहाबबाट निको भएर घर गएका पुन आउनेलाई घटाउन जरुरी रहेको वताउँदै प्रदेश खेलकुद परिषद्ले पनि आवश्यक सहयोग गर्ने वताएका थिए । संस्थाका पुर्व अध्यक्ष तथा सबैको लागि खेलकुदका गण्डकी प्रदेश अध्यक्ष खड्गबहादुर रानाभाटले शारीरिक तुस्त, मानसिक रूपमा र नैतिकता कुरा खेलकुद बाट प्राप्त हुने बताए । सो अवसरमा संस्थाका कार्यकारी निर्देशक अनेश गुरुङले नयाँ जीवनको लागि टेबुलटेनिस परियोजनाको वारेमा जानकारी दिदैं संस्थाले गरेका मुख्यमुख्य कामहरु प्रस्तुत गरेका थिए । उनले खेलकुदको माध्यमबाट प्रतिबर्ष २ सय जनालाई नयाँ जीवन दिइने लक्ष रहेको वताएका थिए ।

 

करिब ३ वर्षसम्म संचालन हुने उक्त परियोजनाको लागि अन्तराष्ट्रिय टेबुलटेनिस फाउन्डेसन रड्रीम बिल्डिङ फन्डको आर्थिक सहयोग र कास्की जिल्ला टेबुलटेनिस संघ, रिकभरी नेपाल र नेपाल प्रहरीको प्राविधिक सहयोग रहने छ । कास्की जिल्ला टेबुल टेनिस संघ उत्तम जोशी अध्यक्षले संघले प्रशिक्षण तथा रिपोर्टिङमा सहकार्य गर्न सकिने बताएका थिए । नौलोघुम्ती नेपालका वरिष्ट उपाध्यक्ष वद्रिविनोद प्रतिकको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत महासचिव मंगल बहादुर नेपालीले र कार्यक्रम संयोजक ओमकृष्ण गुरुङ संचालन गरेका थिए ।