२०८१ बैशाख १२ , बुधवार

नेटफ्लिक्स सिरिज स्क्विड गेमको कपि बेच्ने विद्यार्थीलाई मृत्युदण्ड

सुनाखरी न्युज/ काठमाडौं- उत्तर कोरियामा नेटफ्लिक्स सिरिज स्क्वीड गेमको कपि बेच्ने विद्यार्थीलाई मृत्युदण्डको सजाय दिइएको छ । विद्यालयका सातजना विद्यार्थीले उक्त सिरिज हेरिरहेको भेटिएपछि अनुसन्धानका क्रममा एक जनाले उक्त सिरिजको कपि बेचेको पाइएपछि एक विद्यार्थी भने मृत्युदण्डको सजाय दिइएको छ ।

 

सिरिजको कपी खरिद गरेर हेर्ने ६ जनालाई भने आजीवन जेल सजाय सुनाइएको छ । हालै उत्तर कोरियाले जारी गरेको नयाँ कानुनमा विशेषगरी अमेरिका र दक्षिण कोरियामा बनेका भिडियो सामग्रीहरु हेर्न प्रतिबन्ध लगाइएको छ । तर, विद्यार्थीहरूले कानुन उल्लंघन गर्दै लुकीछिपी भिडियो सिरिज हेरेपछि विद्यार्थीसँगै विद्यालयका शिक्षक र प्रशासनका कर्मचारीलाई पनि विद्यालयबाट निकालिएको छ ।

 

विद्यार्थीहरुले दक्षिण कोरियाले नेटफ्लिक्समार्फत रिलिज गरेको विश्वभर रुचाइएको सर्वाधिक भिडियो सिरिज हेरिरहेका थिए ।