२०८० चैत्र १५ , बिहिवार

स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत फेरिए (सूचीसहित)

सुनाखरी न्युज/ काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बुधबारको निणर्यले सामान्य प्रशासन समूहको राजपत्राङ्कित द्वितीय श्रेणीका ३४ जना उपसचिव र ५९ जना शाखा अधिकृत कर्मचारीहरूको सरुवा गरेको हो ।

 

मन्त्रालयले कतिपय प्रमुख प्रशासकीय अधिकृतलाई एक स्थानीय तहबाट अर्को स्थानीय तहमा, र कतिपयलाई एक स्थानीय तहबाट अन्य निकायमा खटाएको छ । केही अन्य निकायबाट स्थानीय तहमा भित्रिएका पनि छन् ।

उपसचिवमध्ये १५ जना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छन् भने नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत रहेका ७ जना अन्य निकायमा सरुवा भएका छन् । त्यस्तै, १२ वटा गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतहरू फेरिएका छन् ।

MOFAGA_Notice_20220729032428