२०८१ बैशाख ८ , शनिवार

उपचारका क्रममा शिशुको मृत्यु, चिकित्सक र नर्स कोठामै थुनिए

सुनाखरी न्युज/ काठमाडौं- उपचारका क्रममा शिशुको मृत्यु भएपछि आफन्तले भरतपुर अस्पतालका चिकित्सक र नर्सलाई कोठामा थुनेका छन्। उपचारमा लापरवाही भएको भन्दै आफन्तले भरतपुर अस्पतालका चिकित्सक र नर्सलाई कोठामा थुनेका छन्।

 

भरतपुर महानगरपालिका १५ पार्वतीपुरका शोभा लम्साल र राम लम्सालको ३ महिने शिशु (छोरा)को बिहीबार दिउसो अस्पतालमा मृत्यु भएपछि आफन्तले चिकित्सक, नर्स तथा अन्य कर्मचारी गरी १२ जनालाई कोठाभित्रै थुनेका हुन्। लम्साल दम्पतीले आफ्नो शिशुले दुध नचुसेको भन्दै बिहीबार विहान ९:३० बजे उपचार गर्न अस्पताल ल्याएका थिए। अस्पतालले दिउसो पौने ३ बजे तिर शिशुको मृत्यु भएको जानकारी दिएपछि आफन्तहरु आक्रोशित भएका हुन्। उनीहरुले चिकित्सक तथा नर्सले उपचारमा तदारुकता नदेखाएको आरोप लगाएका छन्।

 

मृत्यु भएको जानकारी पाएपछि आक्रोशित आफन्तले चिकित्सक र नर्सको गम्भीर लापरवाहीको आरोप लगाउँदै कोठाभित्र राखेर बाहिरबाट ताला लगाएका थिए। उपचार हुँदाहुदै बालकले आमाको दुध खाँदा सर्किएपछि मृत्यु भएको भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले बताए।