२०८० चैत्र १६ , शुक्रवार

शेयर बजारमा करेक्सन, १३ अङ्कले बढ्यो नेप्से

सुनाखरी न्युज/ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको अन्तिम दिन आज शुक्रबार दोहोरो अंकले बढेको छ । आज नेप्से १३.०५अंकले बढेर दुई हजार एक सय ४० दशमलब ५२ विन्दुमा बन्द भएको छ ।

 

त्यस्तै, आज नेप्सेमा दुई अर्ब १९ करोड १६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १०३ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ७१ वटा कम्पनीको शेयरमूल्य घटेको छ । साथै ९ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । यसमध्ये दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । रिलायन्स लाइफ इन्स्योरेन्सको शेयरमूल्य आज १० प्रतिशतले बढेर प्रतिकित्ता ३६८.५० रुपैयाँ पुगेको छ भने राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १२८८.३० रुपैयाँ पुगेको छ ।

 

नेप्सेका अनुसार आज बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य ३.४८ प्रतिशतले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट कम्पनीको भएको छ । यसको आज १२ करोड ८६ लाख भन्दा बढीको कारोबार भएको छ ।