२०८१ बैशाख ८ , शनिवार

एसईई पास, कुन बिषय रोज्ने ?

सुनाखरी न्युज /काठमाडौं – एसईई पास गरेपछि विद्यार्थीहरुमा कुन विषय पढ्ने भन्ने चिन्ता र अन्यौलताले सताउँछ । आफ्नो नतिजाअनुसार सही निर्णय लिन नसक्दा कतिपय विद्यार्थीहरु पछि पछुताउने समेत गरेका छन् । एसईईपछि कस्तो खालको विषय पढ्ने ? त्यसका लागि कति खर्च लाग्छ ? त्यो विषय पढ्दा करिअर राम्रो बन्छ कि बन्दैन ? जस्ता प्रश्न हरेक विद्यार्थीको मनमा खेलिरहन्छन ।​ एसईईपछि उच्च माध्यमिक तहको अध्ययनको सुरु हुन्छ ।

 

यही विन्दुबाट आफ्नो करियरको आधार तय गरिन्छ । उच्च माध्यमिक तहको जुन विषय पढिन्छ, त्यही मार्फत विद्यार्थीको करिअर बन्छ । त्यसैले समयमै सही विषय छान्नुभयो भने मात्रै त्यसले तपाईंको करिअर राम्रो बन्छ । एसईई सकेपछि उच्च शिक्षामा प्राविधिक र अन्य विषय गरेर दुई किसिमका विषय छान्न पाइन्छ ।

1- प्राविधिक विषय अहिले प्राविधिक विषयमा आकर्षण छ । नेपालमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीले     प्राविधिक विषय पढाउँछ ।परिषद्का सदस्यले प्राविधिक विषयतर्फ ४९ वटा कोर्षको पाठ्यक्रम तयार पारिएको बताए ।परिषद्ले आफ्ना आंगिक, साझेदारी, सामुदायिक विद्यालय तथा निजी स्तरमा विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । एसईईपछि विद्यार्थीका लागि प्रमाणपत्र तह नर्सिङ, डिप्लोमा तथा प्रमाणपत्र तहका स्वास्थ्यसम्बन्धि विभिन्न कार्यक्रम, डिप्लोमा तथा प्रमाणपत्र तहका इन्जिनियररिङ तहका कार्यक्रममा पढाई हुने उनको भनाई छ ।

 

समग्रमा न्यूनमत २ जिपिए ल्याएका विद्यार्थीले प्रमाणपत्र तह नर्सिङ पढ्न सक्नेछन । तीन वर्षे यो कोर्षका लागि चार लाख ७५ हजार शुल्क तोकिएको छ । त्यस्तैहेल्थ असिस्टेन्ट पनि पढ्न सकिनेछ । यसका लागि पनि मान्यताप्राप्त शिक्षण संस्थाबाट प्रवेशिका वा एसईई परीक्षामा अनिवार्य गणित, अंग्रेजी र विज्ञान विषयमान्यूनमत ‘सी’ ग्रेड प्राप्त गरेको हुनुपर्नेछ । तीन वर्षे हेल्थ असिस्टेन्ट पढ्नको लागि चार लाख चार हजार शुल्क तोकिएको छ ।

 

त्यस्तै तीन वर्षे नै कोर्ष रहेको डिप्लोमा इन फार्मेसीका लागि तीन लाख ३७ हजार ८ सय रुपैयाँ शुल्क तोकिएको छ । सदस्य सचिव काफ्लेले स्वास्थ्यमा यी बाहेक नेत्रविज्ञान, सामान्य चिकित्सा, ल्याब टेक्नोलोजी, डायाग्नोष्टिक रेडियोग्राफी, दन्तविज्ञान, सामान्य आयुर्वेद चिकित्सा, अक्कुपन्चर एण्ड अकुप्रेसर र डिप्लोमा इन फिजियोथेरापी लगायतका विषय पनि पढ्न पाइने बताए ।

 

2 – स्वास्थ्यबाहेक इञ्जिनियरिङ, कृषि तथा वनविज्ञान, आतिथ्य सत्कार र सामाजिक विषय पनि अध्ययन गर्न पाइन्छ । सिटीईभिटीले यी कार्यक्रमको अवधि १८ महिनेदेखि ३ वर्षसम्मको राखेको छ ।  इञ्जिनियरिङतर्फ डिप्लोमा इन सिभिल इञ्जिनियरिङ, डिप्लोमा इन कम्प्युटर इञ्जिनियरिङ, डिप्लोमा इन इलेक्ट्रोनिक्स इञ्जिनियरिङ,     डिप्लोमा इन इलेक्ट्रिकलइञ्जिनियरिङ, डिप्लोमा इन जियोम्याटिक्स इञ्जिनियरिङ विषय पढ्न पाइन्छ ।

 

त्यस्तै, डिप्लोमा इन इलेक्ट्रोनिक्स एण्ड इलेक्ट्रिकल इञ्जिनियरिङ, डिप्लोमा इन मेकानिकल इञ्जिनियरिङ, डिप्लोमा इन अटोमोबाइल इञ्जिनियरिङ, डिप्लोमा इन इन्फर्मेसन टेक्नोलोजी, डिप्लोमा इन आर्किटेक्चर इञ्जिनियरिङ, डिप्लोमा इन बायोमेडिकल इक्विपमेट इञ्जिनियरिङ र डिप्लोमा इन रेफ्रिजरेसन एण्ड एअर कन्डिसनिङ विषय पढ्न पाइने सीटीईभिटीले जनाएको छ ।

 

तीन वर्षे यी कोर्षका लागि फरक फरक शुल्क लाग्छ । डिप्लोमा इञ्जिनियरिङतर्फका सम्पूर्ण कार्यक्रमका लागि विज्ञान र गणितमा न्यूनतम ‘सी’ ग्रेड र अंग्रेजीमा न्यूनतम ‘डी’ प्लस ग्रेट ल्याएको हुनुपर्छ ।

 

3 – कृषि तथा वनविज्ञान अन्तर्गत डिप्लोमा इन एग्रिकल्चर बालीविज्ञान, डिप्लोमा इन एग्रिकल्चर पशुविज्ञान, डिप्लोमा इन फुड एण्ड डेरी टेक्नोलोजी र डिप्लोमा इन फरेष्ट्री विषय पढ्न पाइनेछ ।​ डिप्लोमा तहका कृषि, फुड एण्ड डेरी टेक्नोलोजी र फरेष्ट्रीका लागि अंग्रेजी, गणित र विज्ञानमध्ये कुनै २ विषयमा न्यूनतम सी र कुनैएक विषयमा न्यूनतम डी प्लस ग्रेड आएकाले पढ्न पाउने छन् । हस्पिटालिटी डिप्लोमातर्फ होटल म्यानेजमेन्ट विषय पढ्न पाइनेछ ।

 

यसका लागि लागि अंग्रेजी, विज्ञान र गणितमा न्यूनतम डी प्लस ग्रेड आएको हुनु पर्नेछ । सोसल वर्कतर्फ डिप्लोमा इन इन्टरप्रेनसिप डेभलेपमेन्ट र डिप्लोमा इन सोसियल वक्र्स विषय छन् । सो पढ्नका लागि विज्ञान र गणितमा न्यूनतम डी प्लस ग्रेड आएको हुनु पर्नेछ ।

 

सिटिईभीटीमार्फत् सञ्चालित आंगिक शिक्षालय, साझेदारी शिक्षालय, सामुदायिक विद्यालय र निजी स्तरबाट सञ्चालित शैक्षिक संस्थामा कक्षा संचालन हुने सदस्य्लेकोभनाई छ ।प्राविधिक विषयको महत्व बुझ्न नसक्नु, शुल्क महँगो हुन्छ भन्ने भ्रममा रहनु जस्ता कारणले विद्यार्थीहरु प्राविधिक विषय पढ्न कम आउने गरेका छन् । सिटीईभिटी अन्तर्गत डिप्लोमा तहमा ३२ वटा र प्रि डिप्लोमा तहतर्फ २२ वटा विषयमा पढाई हँदै आएको छ ।