२०८१ बैशाख ८ , शनिवार

देशव्यापी प्रदर्शनमा ‘पानीफोटो’

सुनाखरी न्युज/ काठमाडौं । फिल्म निर्माण, अभिनय र लेखनमा आफूलाई प्रमाणित गरिसकेका खगेन्द्र लामिछाने निर्देशित फिल्म ‘पानीफोटो’ले शुक्रवारबाट देशव्यापी प्रदर्शन थालनी गरेको छ ।

 

माओवादी जनयुद्धको पृष्ठभूमिमा निर्माण भएको फिल्मले बेपत्ता छोराको खोजीमा रहेको एक दाम्पतीको कथा वाचन गर्छ । मल्टीप्लेक्सहरुमा ठीकठाक शो पाएको फिल्मलाई सिंगल थिएटर भने पर्याप्त मात्रामा मिलेको छ । मल्टीप्लेक्सहरुमा बुधवारबाट खोलिएको फिल्मको एडभान्स बुकिङ उत्साहजनक हुन सकेन । त्यसो त, नेपाली फिल्मको टिकट काउन्टरबाटै बढी बिक्री हुने गर्छ । खगेन्द्रले लेखन र अभिनयबाट कमाएको विश्वास दर्शकलाई हलसम्म तान्ने एउटा आधार बन्न सक्छ । उनले पहिलो पटक फिल्म निर्देशन गरेकाले ‘पानीफोटो’प्रति अपेक्षा उच्च छ ।

फिल्ममा खगेन्द्रका अलावा अनुप बराल, मेनुका प्रधान, मलिका महत, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ्ग, राधा श्रेष्ठ, कमलमणि नेपाल, अशान्त शर्मा, अजस्र ढुङ्गाना, कमल देवकोटा, पुष्पा यादव, सुलक्क्षण भारती, टिकाभक्त जिरेल, अनोज पाण्डे, अनिल पाण्डे, अर्जुन पौडेल, नवराज गिरी लगायतको अभिनय छ ।