२०८१ बैशाख ६ , बिहिवार

पोखराबाट उडेको केही समय नै यतिको विमानमा खराबी देखिएपछि तत्कालै फर्काइयो

सुनाखरी न्युज / काठमाण्डौ – पोखराबाट आज शुक्रबार बिहान काठमाडौंका लागि उडेको यति एयरलाइन्सको विमानमा खराबी देखिएपछि तत्कालै पोखरा फर्काएर सुरक्षित अवतरण गराइएको छ ।

 

बिहान ८ बजेटर ५४ मिनेटमा उडेको उडान नम्बर ६७२ को एटीआर विमान उड्ने बित्तिकै बायाँ इन्जिनमा खराबीको संकेत देखिएपछि फर्काइएको हो । विमान उडेको ६ मिनेटमै अवतरण गराइएको थियो ।

 

४५ जना यात्रु लिएर उडेको विमानको इन्जिनमा खराबीको संकेत देखिएपछि जोखिम नलिई फर्काइएको यति एअरलाइन्सले जनाएको छ । उक्त विमानको अहिले इन्जिनियरहरूले चेकजाँच गरिरहेको पनि एअरलाइन्सले जनाएको छ ।