२०८१ बैशाख १३ , बिहिवार

चन्द्रागिरिमा राँगाले आतंक मच्चाएपछि गोली हानी मारियो

सुनाखरी न्युज/ काठमाडौं- काठमाडौंको चन्द्रागिरिमा आतंक मच्चाएपछि राँगालाई गोली हानेर मारिएको छ।

 

चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ गोदाम चौरमा राँगाले आतंक मच्चाएपछि गोली हानिएको प्रहरीले जानकारी दिएको छ। आज बिहान करिब साढे ७ बजे उक्त राँगालाई गोली हानिएको थियो। एक राउण्ड गोली हानेर राँगा मारिएको काठमाडौं प्रहरीले जानकारी दिएको छ। सो क्रममा मानविय क्षति भने भएको छैन। प्रहरीका अनुसार बाँकेबाट ल्याइएको राँगो नियन्त्रणबाहिर गएर सर्वसाधारणलाई दु:ख दिएपछि गोली हानिएको हो।

 

राँगालाई नियन्त्रणमा लिने प्रयास गरिएको तर नसकेपछि मानवीय क्षति हुन सक्ने भन्दै गोली हानेर मारिएको प्रहरीको भनाइ छ।