२०८१ बैशाख ७ , शुक्रवार

सयपत्री हाइड्रोपावरको सेयर आजबाट सर्वसाधारणलाई

सुनाखरी न्युज/ काठमाडौं- बागलुङमा २.५ मेगावाटको दरमखोला ‘ए’ निर्माण गरिरहेको ऊर्जा कम्पनी सयपत्री हाइड्रोपावर लिमिटेडले आजबाट साधारण सेयर जारी गरेको छ। हाइड्रोपावरले अंकित मूल्य प्रतिकित्ता १०० का दरले ६ लाख ७० हजार ५८६ कित्ता सेयर जारी गरेको हो।

 

हाइड्रोपावरले जारी गरेको ६ लाख कित्ता सेयरमध्ये आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासनपछि बाँकी रहेको १ लाख २१ हजार ६० कित्ता सेयरसमेत थप गरेर जम्मा ७ लाख २१ हजार ६० कित्ता साधारण सेयर बिक्रीमा राखेको छ। जसमध्ये ५ प्रतिशत अर्थात ३६ हजार ५३ कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिएको छ। यस्तै २ प्रतिशतले हुन आउने अर्थात १४ हजार ४ सय २१ कित्ता कर्मचारीको लागि छुट्याइएको छ भने बाँकी ६ लाख ७० हजार ५८६ कित्ता साधारण सेयरमा सर्वसाधारणले आवेदन दिन पाउने छन्।

 

आवेदन न्यूनतम १० कित्ता र अधिकतम ३० हजार कित्ता सम्मका लागि दिन सकिन्छ। साउन १७ गतेसम्मका लागि दरखास्त दिन सकिन्छ। उक्त समय सम्म पर्याप्त आवेदन नपरे कम्पनीको आइपीओ बिक्री साउन २७ गतेसम्मका लागि लम्बिने छ।