२०८१ बैशाख ७ , शुक्रवार

गाईलाई ठक्कर दिएर मोटरसाइकल पल्टिँदा एकजनाको मृत्यु

सुनाखरी न्युज/ काठमाडौं- कैलालीको धनगढी उपमहानगरपालिका–१३, राजपुरमा चौपायालाई ठक्कर दिएर मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा एकजनाको मृत्यु भएको छ । एकजना घाइते छन् ।

 

हिजो बेलुका अत्तरियाबाट धनगढीतर्फ आउँदै गरेको से६प ८०२८ नम्बरको मोटरसाइकल सडकमा रहेको गाईलाई ठक्कर दिएर पल्टिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक धनगढी–३, विशालनगरका ४४ वर्षीय वीरेन्द्र शर्मा र पछाडि सवार धनगढी–१ बस्ने अन्दाजी ५५ वर्षीय निर्मल हमाल घाइते भएका थिए । उनीहरूलाई उपचारका लागि धनगढीस्थित मायामेट्रो अस्पतालमा पठाइएको थियो । उपचारका क्रममा हमालको मृत्यु भएको जनाइएको छ ।

 

शव पोस्टमार्टमका लागि धनगढस्थित सेती प्रादेशिक अस्पतालमा पठाइएको छ । घाइते चालक शर्माको अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ ।