२०८१ बैशाख ८ , शनिवार

बैंकिङ्ग कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

सुनाखरी न्युज/ विराटनगर। बैंकिङ्ग कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मोरङ रतुवामाई नगरपालिका वडा नं. ०६ घर भई हाल सुनसरी धरान उप-महानगरपालिका वडा नं. ०९ बस्ने ३२ बर्षीय लक्ष्मण कार्की रहेका छन् ।

 

कार्कीलाई १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगर (RIT) बाट खटीएको प्रहरी टोलिले खोजतलास गर्ने क्रममा आज धरान उपमनपा वडा नं. १२ छाताचोक स्थित लुकिछिपी बसेको अबस्थामा फेला पारी पक्राउ गरेको हो । फरार रहेका कार्कीको बैकिङ कसुर मुद्धामा सम्मानित उच्च अदालत विराटनगरको मिति २०७७।०९।२७ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः २ दिन कैद र ९ लाख ५० हजार जरीवाना भई लगत नं. ७६१ मा कैद तथा जरीवाना बेरुजु रहि असुल गर्न बाँकी रहेको थियो ।

 

पक्राउ परेका कार्कीलाई सम्मानित सुनसरी जिल्ला अदालतबाट कैद भुक्तानको लागी झुम्का कारागार पठाएको छ ।