२०८१ बैशाख ८ , शनिवार

बञ्चरो प्रहारबाट बुबाको हत्या

सुनाखरी न्युज/ काठमाडौं- ३ साउन, धनगढी । बैतडीमा बञ्चरो प्रहार गरेर छोराले बुबाको हत्या गरेका छन् । जिल्लाको डिलासैनी गाउँपालिका–५ सेराका अन्दाजी २२ वर्षीय लोकराज जोशीले शुक्रबार बिहान बञ्चरो प्रहार गरेर बुवा ७० वर्षीय अन्तरामको हत्या गरेको प्रहरीले जनाएको छ ।

 

बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेश पालले शुक्रबार बिहान करीब ५ बजेतिर जोशीले बञ्चरो प्रहार गरेर बुबाको हत्या गरेकाले उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जानकारी दिए ।

 

स्थानीयकाअनुसार छोराको बञ्चरो प्रहारबाट मारिएका अन्तरामको टाउको र शरीर अलग भएको अवस्थामा शव भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो ।