२०८१ बैशाख ८ , शनिवार

के्निक रोगवाट पिडित सुनारलाई आर्थिक सहयोग

शिशिर पौडेल/ पोखरा । केनिक क्षयरोगवाट पिडित पोखरा १६ पानीटङ्कीका मिलन सुनारलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । वाटुलेचौरको विन्ध्यवासिनी मा विमा अध्ययनरत विद्यार्थीले संकलन गरेको ८ हजार १ सय ६५ रूपैयाँ विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद आचार्यले पिडित सुनारलाई एक कार्यक्रमका विच हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा प्रधानाध्यापक आचार्य, विद्यालय व्यवस्थापन समितिका सदस्य गुरूदत्त भट्टराई , सहायक प्र अ रामवहादुर वानिया, निमावि ईन्चार्ज महेन्द्र प्रसाद पौडेल, प्रा वि तह इन्चार्ज गोविन्द शर्मा पौडेल लगायतले पिडित सुनार विद्यालयको अभिभावक रहेको र अवस्था प्रती दुख व्यक्त गर्दै , सिघ् स्वास्थ्य लाभको कामना गरेका थिए ।

पिडित सुनार कि छोरी ईशा सोहि विद्यालयको कक्षा १ मा अध्ययन गर्छिन । उक्त सहयोग संकलन प्रा वि तह इन्चार्ज शर्माको सक्रियतामा भएको थियो ।