२०८१ बैशाख ८ , शनिवार

शैक्षिक क्षेत्रको बिकृती, विसङ्गती लाई कारबाहीको दायरामा नल्याए सम्म यसको अन्त्य हुनेछैन : राप्रविसं

सुनाखरी न्युज/ काठमाडौं । पुर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्ध प्राप्त,चक्रवर्ती हवि एजुकेसन एकेडेमी ले भर्ना अन्तर्गत नयाँ शैक्षिक शत्र २०७९/८० का लागि B.A.LL.B को र LL.M को बिगतको भर्नामा ६ लाख लिदै गरेको र हाल बढाएर १० लाख शुल्क लिएकोमा राप्रविसं को गम्भीर ध्यानाकर्षण भएको छ।

 

यस्ता शैक्षिक माफियालाई कारबाहीको दायरामा नल्याए सम्म शैक्षिक क्षेत्रको बिकृती,बिसङ्घतीको अन्त्य हुने छैन। क्याम्पमा अध्यनरत विद्यार्थीले शुल्क बढाएको विरुद्धमा आवाज उठाउदै गर्दा,क्याम्पस प्रशासनले सुचना प्रकाशित गर्दै केही उच्छृंखल विद्यार्थीको समुहबाट अवाञ्छित गरेको भन्दै अर्को सूचना नआएसम्म क्याम्पसका नियमित शैक्षिक पठनपाठन स्तगित गरेर विद्यार्थीको भविष्य माथी खेलवाड गर्नु क्याम्पस प्रशासनको गैरजिम्मेवार पुर्ण कार्य हो। यस्ता कार्य बन्द गरि विद्यार्थीका हकहित सुनिश्चित हुने क्रियाकलाप गर्न राप्रविसं जोड्दार माग गर्दछ।

 

राप्रविसं सधैं विद्यार्थीको हकहितका निमित्त अग्रसर रहेको छ। क्याम्पस प्रशासनले तुरुन्तै उच्छृङ्खल गतिविधि र गरिएको शुल्क वृद्धि फिर्ता गरि नियमित शैक्षिक पठनपाठन सुचारु नगरे राप्रविसं आन्दोलनमा उत्रिने चेतावनी गर्दछ।