२०८१ बैशाख १३ , बिहिवार

शेयर बजारमा सुधार,१५ अंकले बढ्यो नेप्से

सुनाखरी न्युज/ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पाँचौं दिन आज बिहिबार दोहोरो अंकले बढेको छ । आज नेप्से १५.४४ अंकले बढेर दुई हजार एक सय २७ दशमलब ४२ विन्दुमा बन्द भएको छ ।

 

त्यस्तै, आज नेप्से परिसूचकसंगै कारोबार रकममा पनि वृद्धि भएको छ । आज नेप्सेमा चार अर्ब ९७ करोड ६४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार तीन अर्ब १६ करोड १४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबार भएका कम्पनीमध्ये १२५ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ४६ वटा कम्पनीको शेयरमूल्य घटेको छ । साथै ९ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । यसमध्ये चार कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । बिन्ध्याबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था, एक्सेल डेभलपमेन्ट बैंक र हिमालयन पावर पार्टनरको शेयरमूल्यमा उच्च वृद्धि भएको हो ।

 

नेप्सेका अनुसार आज राधी विद्युत कम्पनीको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य करिब ४ प्रतिशतले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण काबेली पावर कम्पनीको भएको छ । यसको आज १७ करोड ९६ लाख भन्दा बढीको कारोबार भएको छ ।