२०८१ बैशाख ७ , शुक्रवार

बढ्यो सुनको मूल्य

सुनाखरी न्युज/ काठमाडौं- नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको छ । महासंघले आजको कारोबार भाउ तोक्दै हिजोको तुलनामा सुनको मूल्य बढेको जानकारी दिएको हो । यससँगै, आज चाँदीको मूल्य पनि बढेको छ ।

 

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ३०० रुपैयाँ पुगेको छ । हिजो बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ तेजाबी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँ थियो । हिजो बुधबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको थियो । मंगलबार छापावाल सुनको मूल्य तोलामा ९४ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९३ हजार ७०० रुपैयाँ थियो ।

 

यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले बढेको छ । हिजो तोलामा ११ सय ५५ रुपैयाँ रहेको चाँदीको मूल्य आज ११ सय ८५ रुपैयाँ पुगेको छ ।