२०८० चैत्र १५ , बिहिवार

न्युड फोटो खिचाएकोमा रणवीर सिंहविरुद्ध उजुरी

सुनाखरी न्युज/ काठमाडौं- पेपर म्यागजिनका लागि बलिउड अभिनेता रणवीर सिंहले गराएको बोल्ड फोटोसुटको चर्चा अझै सेलाएको छैन । यो न्युड फोटोसुटले इन्टरनेटमा सानोतिनो आँधी नै ल्याएको थियो ।

 

विचित्र फेसन शैलीको कारण परिचित रणवीरको यस्तो फोटोसुटपछि उनका महिला फ्यानले प्रतिक्रिया नजनाइरहन सकेनन् । तर यी तस्वीरले महिलाको संवेदनाको अपमान भएको भन्दै एक गैरसरकारी संस्थाले रणवीरविरुद्ध उजुरी नै दर्ता भएको छ । मुम्बईको चेम्बुर पुलिस स्टेसनमा रणवीरविरुद्ध उजुरी दर्ता भएको  न्युज एजेन्सीले जनाएको छ । उजुरीकर्ताले अभिनेतालाई भारतीय दण्ड संहिताअनुसार फोटोसुट गराएकाले प्रविधि ऐन अन्तर्गत मुद्दा चलाउनुपर्ने माग गरेका छन् । महिलाको भावनामा चोट पुर्‍याएकोदेखि उनीहरुको शिष्टताको पनि अपमान गरेको उजुरीमा उल्लेख छ । तर चेम्बर पुलिसले चाहिं अहिलेसम्म अभिनेताविरुद्ध एफआईआर दर्ता नगरेको जनाएको छ ।

 

उक्त उजुरी अनुसन्धानको प्रक्रियामा ‘हामीले आइतबार एक एनजीओसँग आबद्ध एक व्यक्तिबाट आवेदन पाएका छौं । अहिलेसम्म कुनै एफआईआर दर्ता भएको छैन । हामीले सोधपुछ गरिरहेका छौं,’ प्रहरीले भन्यो ।