२०८१ बैशाख ८ , शनिवार

अर्काको नाममा परीक्षा दिने एक युवक पक्राउ

सुनाखरी न्युज / काठमाडौं -विविएस दोस्रो वर्षको परीक्षामा अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा बुधबार एक युवक पक्राउ परेका छन ।

 

रौतहटको जनज्योती बहुमुखी क्याम्पसमा संचालन भइरहेकोदोस्रो वर्षको परीक्षामा राजदेवी नगरपालिका–१ बस्ने २० वर्षीय राजन तिवारीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

 

तिवारीले आफ्नो दाइको नाममा परीक्षा दिइरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो । सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय चन्द्रपुरबाट खटिएको प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।