२०८१ बैशाख ११ , मंगलबार

खोलाले बगाउँदा एक जनाको मृत्यु

सुनाखरी न्युज/ काठमाडौं- मकवानपुरको कैलाश गाउँपालिका–७ वराङ स्थित मनहरी खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ ।

 

मृत्यु हुनेमा सोही गाउँपालिका खानीडाँडा बस्ने ५५ वर्षीय जित बहादुर प्रजा रहेका छन् । उनको बुधबार मृत्यु भएको हो ।

 

प्रहरी चौकी भार्ता र इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।