२०७९ श्रावण २३ , सोमवार

टिपरको ठक्करले एक साइकल यात्रीको मृत्यु

Capture

सुनाखरी न्युज/ काठमाडौं । झापाको कमल गाउँपालिका–५ स्थित गीता पेट्रोल पम्प अगाडि टिपरको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ।

 

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी बसन्त पाठकका अनुसार दुर्घटनामा सोही वडाका १७ वर्षीय सञ्जीव इम्सङ लिम्बूको बुधबार मृत्यु भएको हो। पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००१प२१२ नम्बरको टिपरले साइकलमा सवार लिम्बूलाई ठक्कर दिएको थियो।

 

टिपर चालक मकवानपुरको चुरेमाई नगरपालिका–५ का ३१ वर्षीय सुजन बाइबालाई प्रहरीले नियन्त्रणमा लिइएको छ। रासस