२०८१ बैशाख ८ , शनिवार

प्रसिद्ध ‘मोटिभेस्नल’ वक्ता जैन काठमाण्डौंमा

सुनाखरी न्युज/ काठमाडौं । भारतीय प्रशिद्ध ‘मोटिभेस्नल’ वक्ता हर्षवर्धन जैन नेपाल आइपुगेका छन् । रियल इभेन्ट म्यानेजमेन्टको आयोजना, कलेजएक्स र जिनियस विजलाईफको सह–आयोजनामा यही शुक्रबार कमलादीस्थित नेपाल पज्ञा प्रतिस्ठानमा हुन लागेको ‘द हर्ष वेभ शो’ मा प्रशिक्षण दिनका लागि उनी बुधबार नेपाल आएका हुन् ।

शुक्रबार हुने उक्त प्रशिक्षणलाई नेपालकै सबैभन्दा ठुलो प्रगती केन्द्रित प्रशिक्षण कार्यक्रम भएको आयोजकले दावी गरेको छ । बिहान १० बजेबाट शुरु हुने उक्त कार्यक्रम उद्योगी, व्यवसायी, विद्यार्थीहरुलाई लक्षित गर्दै आयोजना गरिएको कार्यक्रम संयोजक बलिराम यादवले जानकारी दिए । उनले भने, ‘हामीले विशेष गरि कर्पोरेट हाउस, उद्यमी, व्यवासायी, कलेज लेभलका विद्यार्थी, फ्रीलान्सर लगायतलाई लक्षित गर्दै कार्यक्रमको आयोजना गरेका हौं ।’

करिव ४ घण्टासम्म चल्ने कार्यक्रममा जैनले सहभागीहरुमा सकरात्मक परिवर्तन ल्याउने खालका विषयमा प्रस्तुती राख्ने उनले बताए । उनले भने, ‘ मोटिभेस्नल वक्ता हर्षवर्धन जैनज्यूको ४ घण्टाको कार्यक्रम मार्फत तपाईभित्रको शक्तिलाई आफूभित्रको सिमितता तोड्दै जीवनलाई सकरात्मक दिशातर्फ लैजान मद्दत पुग्ने हामीले विश्वास लिएका छौं ।’

 

भारतमा प्रशिद्ध प्रशिक्षक, मोटिभेस्नल स्पिकर, भविष्यवादी विचार वक्ताका रुपमा आफ्नो छवि बनाएका जैन पहिलो पटक उक्त कार्यक्रमको लागि नेपाल आएका हुन् । उनले मानव आस्था, व्यवसायिक मुद्दाका विषयमा प्रशिक्षण दिने गरेका छन् । उनको प्रशिक्षणबाट उद्यमी, व्यवसायी, विद्यार्थी तथा आम सर्वसाधरणलाई व्यवसायिक तथा पारिवारीक जीवनमा महत्वपूर्ण सफलता प्राप्त हुने विश्वास राख्दै आयोजकले कार्यक्रममा सहभागीता लागि अनुरोध गरेको छ ।