२०८० चैत्र १५ , बिहिवार

आँखाको ज्योति बढाउने योग कसरी गर्ने?

सुनाखरी न्युज/ काठमाडौं- योगाभ्यासका लागि शरीरलाई तयार गर्न विभिन्न अंग विशेष तथा जोर्नीहरूलाई सक्रिय, खुकुलो र लचकदार बनाउनका लागि यौगिक सूक्ष्म व्यायाम वा अङ्ग व्यायामहरू गरिन्छ। यसमा शरीरदेखि पैतालासम्म सम्पूर्ण जोर्नी तथा अंगहरुलाई क्रमश: चलउाँदै लगिन्छ। यसले योगाभ्यासलाई सहजता प्रदान गर्नुका साथै विभिन्न अंग प्रत्यांगलाई स्वस्थ र शक्तिशाली बनाउँछ र रोगमुक्त बनाउन समेत सहयोग गर्छ। यौगिक सूक्ष्म व्यायाम अन्तर्गत नेत्रशक्ति विकासक क्रिया पनि पर्छ।

 

विधि :
– दुवै आँखालाई पूरा खुम्च्याएर बन्द गर्ने र हल्कासँग खोल्ने क्रिया, छिटो-छिटो पाँच पटक गर्नुहोस्।

– त्यसपछि टाउकोलाई स्थिर राखेर आँखाले सकेसम्म दायाँ र बायाँ पालैपालो हेर्नुहोस्।

– यो अभ्यास तीन तीनचोटि गर्नुहोस्।

– टाउकोलाईस्थिर राखेर आँखाले सकेसम्म तल र माथि पालैपालोहेर्नुहोस्।

– यो अभ्यास पनि तीन तीनचोटि गर्नुहोस्।

– टाउकोलाई स्थिर राखेर दुवै आँखालाई घडीको सुई घुम्ने दिशामा तीन पटक घुमाउनुहोस्।

– अब त्यसको विपरीत दिशामा त्यसरी नै तीन पटक घुमाउनुहोस्।

– दुवै हत्केलालाई रगडेर तातो बनाई आँखामा हल्का स्पर्श गर्नुहोस्।

 

फाइदा
यसको नियमित अभ्यासले आँखाको ज्योति बढाउँछ तथा यसका मांसपेशी र स्नायुहरूलाई स्वस्थ बनाउँछ।

सावधानी: आँखा पाकेको अवस्थामा नगर्नुहोस्।