२०८१ बैशाख १३ , बिहिवार

टाटा नेक्सन ईभीको प्रथमवर्ष सफलतापूर्वक पूरा

सुनाखरी न्युज/ काठमाडौं । सिप्रदी ट्रेडिङप्रा.लि.ले टाटा नेक्सन ईभीको नेपालीबजारमा विक्रीवितरण प्रारम्भ भएको प्रथमवर्ष आज सफलतापूर्वक पूरा गरेको छ।

 

यसईभीको उत्पादन भारतको अग्रणी विद्युतीय गाडी निर्माता टाटा मोटर्स्द्वारा गरिएको हो। नेपालमा विद्युतीय गाडीको अवलम्बन लाई नयाँगति दिने उद्देश्यले सिप्रदीले नेक्सनइभी नेपालमा ल्याएको थियो। एक वर्षको छोटो अवधिमै यसले आफूलाई एक अत्यन्त लोकप्रिय विद्युतीय गाडीको रुपमा स्थापित गरेको छ। मुलुकको विद्युतीय गाडीको कुलबजारको बढी अंशनेक्सनइभीएक्लैले ओगटेको छ। यो उल्लेखनीय सफलताको प्रमुख कारण आकर्षक वनावट, समुन्नत जिपट्रन प्रविधि, न्यून संचालनखर्च, उत्कृष्ट कार्यक्षमताआदिहुन्। यसैगरी द्रुत चार्जिङ्गक्षमता, लामो ब्याट्री आयु र समुच्च सुरक्षाका विशेषताहरु बाट यो सुसज्जित छ।

 

“फास्ट चार्जिङ्ग“ र “स्लो चार्जिङ्ग“दुवैको लागिचर्जिङ्ग स्टेसनको वृहत संजाल एवं अत्याधुनिक सुविधा सम्पन्न सेवा केन्द्रले गर्दा पनि नेक्सनइभीले आफूलाई सर्वोत्कृष्ट साबित गर्न सक्षमभएको हो। यो गाडीलाई नेपालकै पहिलो एवं स्मार्ट इभीचर्जिङ्गएप – “इजी“एप–मार्फत चार्ज गर्न सकिछ। यो एपको प्रयोगहाल १ हजार भन्दा बढी परिवारहरुले गरिरहेका छन्। दक्षकर्मचारीएवं भौतिक संशाधनहरुको प्रभावकारी परिचालन गरि सिप्रदीले नेक्सनइभीका हरेक ग्राहकहरुले घरमा चार्जर जडान गर्ने प्रक्रिया पनि संचालन गरिरहेको छ।

 

यस कम्पनीको १६ डिसी फास्ट चार्जरको सबैभन्दा व्यापक संजाल रहेको छ भने यसले हाल सम्म होटेल, अस्पताल, बैंक, मल र रेस्टुरेन्ट जस्ता सार्वजनिक स्थानहरुमा १२० भन्दा बढी एसी चार्जरहरु जडान गरेको छ। नेक्सनइभीको नेपालमा विक्रीवितरण भएको प्रथमवर्ष पूरा भएको अवसरमा यसको ग्राहकहरुलाई लक्षित गर्दै विभिन्न कार्यक्रमहरुको आयोजना गर्दैछ। यस्ता कार्यक्रमहरुले उनीहरुको यस गाडीसँगको सम्बन्धलाई अझविशेष बनाउने कम्पनीले विश्वास राखेको छ।