२०८१ बैशाख ७ , शुक्रवार

रेड्मी बडस् ३ लाइट अब नेपालमा

सुनाखरी न्युज/ काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी बडस् ३ लाइट नेपाली बजारमा सार्वजनिक गरेको छ। शाओमीको रेड्मी बडस् ३ लाइट फोन प्लस एसेसरिज श्रेणीको सबैभन्दा नयाँ उपकरण रहेको बताएको छ ।

 

रेड्मी बडस् ३ लाइटमाप्रभावशाली सुविधाहरू साथै किफायतीमूल्य, एर्गोनोमिक डिजाइन, १८ घण्टा सम्मको ब्याट्री लाइफ र अन्य धेरै सुविधाहरू छन् जसले प्रयोगकर्ताहरूलाईक्वालिटी साउन्ड प्रदान गर्छ। लन्चको बारेमाबोल्दै शाओमी नेपालकाकन्ट्री जेनेरल म्यानेजर अमितकुमार पंडाज्युले भन्नुभयो,“रेड्मीले निरन्तर नयाँट्रेन्डहरू सेट गर्दै स्मार्टफोन र एक्सेसरिजहरुको विस्तृत क्याटेगोरीका साथ औधोगिक बेन्चमार्कहरू पार गरेको छ । त्यसैगरी, हालको ट्रेन्डलाई ध्यानमा राख्दै रेड्मीलेनयाँरेड्मी बडस् ३ लाइट–“बडस् फर फन”लन्च गरेको छ ।रेड्मीको बड्स ३ लाईटमा लामो समय सम्म टिकाउ ब्याट्री, हल्का र टच अपरेशनको साथ नोइज क्यान्सलेसन जस्ता थुप्रै विशेषताहरू समावेश छन् ।”

 

नयाँ लक–इन डिजाइन
रेड्मीको बडस् ३ लाईटको तौल ३५ ग्रामभन्दाकम छ। यसको नयाँ लक–इन डिजाइनइयरबडलाई कानमा राम्रो फिट हुनकालागि डबल टायरको सिलिकन ब्यान्डमाउपलब्द छ। यसमाभएको एर्गोनोमिक डिजाइनलेयसलाई प्रयोग गर्न सहजआरामदाइ बनाउँछ जसले रेडमी बडस् ३ लाइटलाई व्यायामको लागिपनिउपयुक्त बनाउँछ।

 

बेस्टबीटअनि राम्रो बेस!
रेड्मीको बडस् ३ लाईटमा निरन्तर अडियो गुणस्तर सुनिश्चित गर्न साउन्ड ल्याबद्वारा ट्युनगरिएको ६mmको डायनामिक ड्राइभर समावेशगरिएको छ।

ड्रप अफकल्स अब नो मोर!
राम्रो र स्पष्ट इन–कल अडियो अनुभवको लागिरेड्मीको बडस् ३ लाईट ब्लुटुथ ५.२ को साथनिर्मित छ जसले सिमलेस इन–कल अडियो अनुभवप्रदानगर्दछ। टच अपरेसन समर्थन गर्ने यो रेड्मीको बडस् ३ लाईटमाअटो पेयरिङ्गको सुविधा सुनिश्चितछ ।