२०८१ बैशाख ६ , बिहिवार

ट्रकमा कार ठोक्किँदा एकजनाको मृत्यु

सुनाखरी न्युज/ काठमाडौं- विराटनगर । मोरङको बेलबारी नगरपालिकास्थित भाउन्नेमा रोकिराखेको ट्रकमा कार ठोक्किँदा एकजनाको मृत्यु भएको छ । एकजना घाइते छन् ।

 

मंगलबार भएको सवारी दुर्घटनामा झापाको दमक नगरपालिका–४ का राजीव बराइलीको मृत्यु भएको हो । दुर्घटनामा उनी गम्भीर घाइते भएका थिए । कारमा सवार बराइलीको उपचारका क्रममा विराटनगरस्थित नोबेल मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएका कार चालक बेलबारी–१ का २२ वर्षीय सन्दीप लामिछानेको उपचार भइरहेको छ ।

 

पूर्वपश्चिम राजमार्गतअन्तर्गत भाउन्नेस्थित सडकमा बिग्रिएर रोकिराखेको को१ख ८००४ नम्बरको ट्रकमा पूर्वतर्फ जाँदै गरेको बा११च २४५८ नम्बरको कार ठोक्किएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । ट्रकका चालक धनकुटा निवासी ३९ वर्षीय विशाल विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।