२०८१ बैशाख १३ , बिहिवार

नबिल सामाजिक उद्यमशिलता कार्यक्रमको दोस्रो ब्याचका लागि आवेदन खुल्ला

सुनाखरी न्युज/ काठमाडौं । नबिल सामाजिक उद्यमशिलता’कार्यक्रमको पहिलो ब्याचको सफलता पूर्वक संचालन संगै नबिल बैंकले दोस्रो ब्याचका लागि आवेदन खुल्ला गरेको छ ।

 

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत स्कूल अफ म्यानेजमेन्ट सँगको सहकार्य र स्कुलआफ सोसल इन्टरप्रेनरशीप इण्डियाको प्राविधिक सहयोगमा संचालित यस कार्यक्रमले समाजमा सकारात्मक परिवर्तन ल्याई दिगो विकासको लक्ष्य हासिल गर्न मद्दत गर्ने बैंकको विश्वास छ । कृषि, पर्यटन, उर्जा, वातावरण संरक्षण, सुचना प्रविधिल गायतका क्षेत्रमा नविनतम सोच भएका १८ देखि ५० वर्ष पुगेका नेपाली नागरिकहरुले आवेदन दिन सक्नेछन् ।

 

सामाजिक उद्यमशीलता लाई प्रबद्र्धन गर्ने लक्ष्यबोकेको यस कार्यक्रम ६ महिना सम्म चल्नेछ । साथै हरेक महिना तीन दिन आवासीय छलफल र बाँकी दिन आफ्नै कार्यस्थलमा प्रयोगात्मक अभ्यास गर्ने ढाँचामा तयार पारिएको छ । तालिम अवधि भर तथा बाँकी ६ महिना गरी एक वर्षका लागि सबै सहभागीहरु लाई मेन्टरको व्यवस्था गरेर व्यवसायगर्दा आइपर्ने व्यवहारिक कठिनाइको समाधानका लागि नबिलले सहयोग गर्नेछ । आर्थिक सामाजिक रुपान्तरण लाई बढावा दिनकालागि शुरु गरिएको यस फेलोसिप कार्यक्रमको पहिलो ब्याचमा २० जनालाई छनौट गरिएको थियो ।

 

विभिन्न पृष्ठ भुमि बाट आएका सहभागीहरुले सामाजिक उद्यम संचालनका निम्ति आवश्यक कानूनी तथा कर सम्बन्धीका ज्ञान, व्यवासायको ब्राण्डिङ्ग, बजारिकरण आदि जस्ता विभिन्न विषयमा तालिम प्राप्त गरेका थिए । विभिन्न अन्र्तक्रिया कार्यक्रम तथा प्रक्रियाहरुद्वारा सहभागीहरुलाई प्राविधिक तथा व्यवहारीक ज्ञान उपलब्ध गराइएको थियो । आवेदनको अन्तिमदिन बैंकले भदौ २० टोकेको छ ।