२०८१ बैशाख ६ , बिहिवार

पितालाई अनमोलले दिए सामाजिक संजाल मार्फत शुभकामना

सुनाखरी न्युज /काठमाडौं – भुवन केसीलाई अभिनेता अनमोल केसी पनि सामाजिक संजाल मार्फत बधाई तथा शुभकामना ब्यक्त गरेका छन् । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीले बुधबार पदभार ग्रहण गरेका छन् । केही दिनदेखि चितवनमा रहेका अनमोलले सामाजिक सञ्जालमा पितासँगको बाल्यकालको तस्विर पोस्ट गर्दै नेपाली शुभकामना दिएका हुन् ।

 

शुभकामनामा उनले पिताको कार्यकालमा फिल्मको श्री वृद्धिमा हुने विश्वास समेत ब्यक्त गरेका छन् ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकबाट केसी अध्यक्षमा नियुक्त भएका हुन् । बोर्डमा अध्यक्षमा नियुक्त भएपछि केसीलाई चलचित्रकर्मीहरुले बधाई दिइरहेका छन् ।उनले आफ्नो मार्गदर्शक र प्रेरणाको स्रोत समेत पिता भएको बताउदै विकास बोर्डको जिम्मेवारीले पिताको भूमिका झन् गहन भएको उल्लेख गरेका छन्

 

।उनले लेखेका छन, ‘बाटो हिँड्ने मान्छे भन्दा पनि बाटो बनाइदिने मान्छे महान हुन्छन् । म तपाईंलगायत तपाईंका समकालीन हस्तीहरुकै पाइलाहरु पछ्याउँदै यहाँसम्म आइपुगेको छु ।