२०८१ बैशाख १३ , बिहिवार

घट्यो सुनको भाउ

सुनाखरी न्युज/ काठमाडौं । नेपाली बजारमा बुधबार सुनको भाउमा सामान्य गिरावट देखिएको छ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा बुधबार सुनचाँदीको भाउ प्रतितोला दुईसय रुपैयाँले घटेको हो। यस सँगै छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँमा झरेको छ। त्यस्तै तेजावी सुनको भाउ पनि ९३ हजार ५ सय रुपैयाँमा झरेको छ।

 

चाँदीको भाउ प्रतितोला ५ रुपैयाँले बढेको छ। चाँदी प्रतितोला ११५५ रुपैयाँमा कारोबार भइरहेको छ।