२०८० चैत्र १६ , शुक्रवार

नवलपुरको दाउन्नेमा बस पल्टिएर आगो लाग्दा ३१ घाइते, चारको अवस्था गम्भीर

सुनाखरी न्युज/ काठमाडौं । नवलपुरको दाउन्नेमा यात्रुबाहक बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । घाइते मध्ये चार जनाको अवस्था गम्भीर छ ।

 

कञ्चनपुरबाट काठमाडौं जाँदै गरेको ना ५ ख ५१०० नम्बरको बस दाउन्नेको ओरालो कटेपछि अनियन्त्रित भई पल्टिँदा बसमा आगो लागेको नवलपुर प्रहरीले जनाएको छ ।

 

घाइतेमध्ये ६ जनालाई उपचारका लागि भरतपुर अस्पताल चितवन पठाइएको र अन्यको मध्यबिन्दु अस्पतालमा उपचार भइरहेको जनाइएको छ । दुर्घटनापछि बसका चालक फरार भएका छन् ।