२०८१ बैशाख १३ , बिहिवार

बलात्कारको आरोपमा पक्राउ

सुनाखरी न्युज/ काठमाडौं। कराँतेका दुई प्रशिक्षक सामूहिक बलात्कारको आरोपमा पक्राउ परेका छन् । १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा विराटनगर महानगरपालिका–४ का ५० वर्षीय सुरज सुवेदी र विराटनगर–३ का ५० वर्षीय विनोद राउतलाई मोरङ प्रहरीले पक्राउ गरेको हो ।

 

पक्राउ परेका राउत र सुवेदी दुवैजना कराँते प्रशिक्षक हुन् । प्रहरीका अनुसार दुवै जनाले आफूलाई जबर्जस्ती पटक–पटक बलात्कार गरेको ती युवतीले आरोप लगाएकी छन् । ती युवतीले उनीहरूविरुद्ध किटानी जाहेरी दिएपछि आधारमा पक्राउ गरेको प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले बताए । पक्राउ परेका दुवैजनालाई जनालाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखेर अनुसन्धान थालिएको मोरङ प्रहरीले जनाएको छ ।

 

राउत नेकपा एमालेनिकट नेपाल खेलकुद महासंघका सचिव हुन् भने सुवेदी केन्द्रीय सदस्य हुन् ।