२०८१ बैशाख १२ , बुधवार

मोटरसाईकल चोरी गर्ने ट्राफिक प्रहरीको नियन्त्रणमा

सुनाखरी न्युज/ काठमाडौं । मोटरसाईकल चोरी गर्ने १ जनालाई मोटरसाईकल सहित काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज नियन्त्रणमा लिएको छ ।

 

हराएका मोटरसाईकलहरु चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरूको सूचना संकलन, निग्रानी एवं खोजतलास गर्न सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले काठमाडौँ जिल्ला काठमाडौँ महानगरपालिका वडा नं. ४ महाराजगंज चक्रपथ सडक खण्डबाट वास्तबिक नम्बर परिवर्तन गरी बा ८४ प ६९०७ नम्बरको कालो रातो २२० पल्सर मोटरसाईकल चलाई रहेको अवस्थामा जिल्ला सिन्धुपाल्चोक पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं. ६ घर भई हाल काठमाडौँ हात्तिगौडा वस्ने वर्ष २६ को सन्तोष बन्जारालाई मोटरसाईल सहित नियन्त्रणमा लिएको कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक मीरा चौधरीले जानकारी दिनुभयो । उक्त मोटरसाईलको वास्तविक नम्बर बा८३ प ९२८१ रहेको खुल्न आएको छ ।

 

उक्त पक्राउ भएको मोटरसाईकल काठमाडौँ रामहिटी स्थित घरमा पार्कीङ्ग गरी राखेको ठाउँ बाट हराएको भनी धिरोज रसाईलीले यस कार्यालयमा निवेदन दिएका थिए। पक्राउ गरिएको व्यक्ति सहित उक्त मोटरसाइकल लाई चोरी मुद्दा अनुसन्धान कारबाहीका लागी प्रहरी बृत्त बौद्द पठाएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

 

पछिल्लो समय उपत्यकाको विभिन्न स्थानहरूबाट चोरी भई हराएका मोटरसाईकल र चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरूको सूचना संकलन एवं निग्रानी राखी बिशेष कारबाही अभियान ट्राफिक कार्यालयले चलाईरहेको छ ।