२०८० चैत्र १६ , शुक्रवार

‘छक्का पञ्जा ४’ मा तितो सत्यका राज आचार्य हिरो

सुनाखरी न्युज / सिरियल तितो सत्यमा दीपकराज गिरी र दीपाश्री निरौलाको छोरा राजको भूमिकाबाट चिनिएका कलाकार राज आचार्य ‘छक्का पञ्जा ४’ मा हिरोको रुपमा देखिन लागेका हुन । फिल्ममा उनको जोडी परिक्षा लिम्बु बन्नेछिन् । सिरियलपछि फिल्ममा पनि दीपक दीपासँग काम गर्ने अवसर जुरेकोमा राजले खुसी व्यक्त गरे ।

 

राजले गत असारमा अभिनेत्री सुनिशा बजगाईंसँग विवाह गरेलगत्तै उनले फिल्मको हिरो हुने अवसर पाएका छन् । सोमबार सूर्यविनायक मन्दिर भक्तपुरमा पूजा गर्दै छायाँकन सुरु गरेको फिल्ममा राजको अलवा दीपकराज गिरी, बेनिशा हमाल , मलिना जोशी, निर्मल शर्मा, केदार घिमिरे, नीर शाह, दीपाश्री निरौला लगायतको अभिनय रहने छ । 

 

कात्तिक दोस्रो साता प्रदर्शन योजना रहेको फिल्ममा बेनिशा र मलिना दीपकको जोडीको रुपमा रहनेछन् ।