२०८१ बैशाख ७ , शुक्रवार

पाँच दिने भ्रमणमा प्रचण्ड जापान जाँदै

सुनाखरी न्युज / काठमाडौं – नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान भ्रमणमा जाने भएका छन् । साउन २१ गते जापान भ्रमणमा जान लागेको प्रचण्डका स्वकिय सचिव रमेश मल्लले बताए ।

नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जापान जाने भएका छन । उनी जापानस्थित नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी २१ साउनमा त्यसतर्फ जान लागेका हुन् ।

‘अध्यक्ष जापान जाने तयारी भइरहेको छ । अहिले त नेपालीहरूको कार्यक्रममा जाने भन्नेछ । त्यहाँ कुनै राजनीतिक भेटघाट हुनेबारे परराष्ट्र मन्त्रालय र टोकियोस्थित नेपाली दूतावासबाट परामर्श भइरहेको छ,’ प्रचण्डका स्वकीय सचिव रमेश मल्लले भने । प्रचण्ड हालै भारतको तीन दिने भ्रमण थिए। जापानबाट फर्किएपछि प्रचण्ड चीन भ्रमणमा जाने चर्चा छ।