२०८१ बैशाख ४ , मंगलबार

गरिमा विकास बैंकले ‘सिराई होटल’ र ‘एनपिआई नारायणी सामुदायिक अस्पताल’विच सम्झौता

सुनाखरी न्युज/ काठमाडौं । गरिमाविकास बैंकले पर्यटकिय जिल्ला चितवनको भरतपुरमा अवस्थित ‘सिराई होटल’ र ‘एनपिआई नारायणी सामुदायिक अस्पताल’सँग उनीहरुले प्रदान गर्ने विभिन्न सेवा सुविधामा आर्कषक छुट सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेको छ ।

सम्झौतापत्र अनुसार यस विकास बैंकको डेविट कार्ड रगरिमा डिजि बटुवा प्रयोग गरि बिल भुक्तानी गर्नुहुने ग्राहक महानुभावहरुले ‘सिराई होटल’बाट रुम तथा ब्रेकफास्टमा २५% सम्म र फुड एण्ड वेभरेजमा १०% छुट पाउन सक्नुहुनेछ । साथै, ‘एनपिआई नारायणी सामुदायिक अस्पताल’को विभिन्न सेवामा आर्कषक १०% छुट प्राप्त गर्न सक्नुहुनेछ ।

यस विकास बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर र ५१ एटिएमबाट सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ ।