२०८० चैत्र १५ , बिहिवार

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

सुनाखरी न्युज/ काठमाडौं। छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।

चितवन, भरतपुर महानगरपालिका-३ पुल्चोकस्थित सडकमा आरजे २५ जिए २९३१ नम्बरको ग्याँस बुलेटको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेकी करिब ४० वर्षीया महिलाको सोमबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको भरतपुर अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार बुलेट चालकको प्रहरीले खोजी गरिरहेको छ ।

 

कपिलवस्तु, वाणगंगा नगरपालिका-३ सिउटीस्थित सडकमा लु.४२ प ७१३७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका-३ गंगोलिया बस्ने २२ वर्षीय विष्णु परियारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी एडभान्स सिटि जितगढीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलका चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

 

सर्लाही, बलरा नगरपालिका-७ डुमरियास्थित सडकमा बीआर ३० डी ९५४१ नम्बरको मोटरसाइकल र बीआर ३० भी ८४९२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई सोमबार बेलुकी दुर्घटना हुँदा बीआर ३० भी ८४९२ नम्बरको मोटरसाइकलमा सवार भारत घर भएका ३५ वर्षीय शंकर पासवानको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बीआर ३० भी ८४९२ नम्बरको मोटरसाइकलका चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार ३० डी ९५४१ नम्बरको मोटरसाइकलका चालकको प्रहरीले खोजी गरिरहेको छ ।

 

नवलपरासी (पश्चिम), सुस्ता गाउँपालिका-२ सतपत्तीस्थित सडकमा लु.२२ प ३६७५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सांगुरोपुलबाट तल खसेर मंगलबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक सरावल गाउँपालिका-१ सालबास बस्ने ५३ वर्षीय ओमनाथ फौहदारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको शहिद स्मृती सामुदायिक अस्पताल चौपत्तामा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।