२०८१ बैशाख ६ , बिहिवार

फोटन मोटरले नेपालमा इलेक्ट्रिक कार्गोर स्कुल भ्यान भित्र्याउने

सुनाखरी न्युज/ काठमाडौं । फोटनमोटरले नेपालमा इलेक्ट्रिक कार्गोर स्कुल भ्यान भित्र्याउने भएको छ । नेपालका लागि फोटोन मोटर्सको आधिकारिक बिक्रेता एम.ए.डब्लु वृद्धी कमर्सियल भेहिकल प्रा.लि ले नेपाली बजारमा छिट्टै कार्गो र यात्रुका लागिई.भी, कार्गो रस्कूल भ्यान छिट्टै ल्याउने योजना बनाएको छ।

 

एमएडब्लु वृद्धीको विचारमा हालैको बजार तथ्याङ्कले पनि उपभोक्ताहरूले बिस्तारै विद्युतीय सवारी साधन लाई प्राथमिकता दिइरहेका छन भने तिनीहरू वातावरण र जनस्वास्थ्य दुवैका लागि फाइदाजनक छन भनी देखाउँछ। अन्तर्राष्ट्रिय अध्ययनहरूले देखाएको छ कि जब बिजुली आपूर्ति भरपर्दो हुन्छ, विद्युतीय सवारीचलाउनको लागत डिजेल गाडीको भन्दा कम हुन्छ।

 

लिथियम बाट चल्ने विद्युतीय सवारीसाधन उत्पादन मा चिन बाट आयात गर्नुको कारण अन्य देश भन्दा निकै अगाडि छ। साथै, नेपालमा इन्धनको मूल्यमा भएको बृद्धिको वर्तमान अवस्थामा रहेको अवस्थामा फोटनलाई नेपालभर कार्गो र यात्रुवाहक ईभी भ्यानका सम्भावित वितरकका रूपमा लिनु उपभोक्ताका लागि मुल्यवान हुने छ।