२०८१ बैशाख १३ , बिहिवार

बालबालिकालाई किन हुन्छ दम

सुनाखरी न्युज/ काठमाडौं । दमको समस्या भन्नेवित्तिकै धेरैलाई उमेर पुगेकालाई मात्र हुन्छ भन्ने लाग्न सक्छ। तर दमको समस्या बालबालिकादेखि वृद्धवृद्धा जो कोहीलाई पनि हुनसक्छ।

तुलनात्मक रुपमा बालबालिकाभन्दा पाको उमेरकालाई दमको समस्या बढी देखिन्छ। बढ्दो प्रदूषण र गलत जीवनशैलीका कारण आजकाल बालबालिकामा पनि दमको समस्या बढ्दो छ। चिकित्सकका अनुसार दमको समस्या देखिएका बालबालिकामध्ये १० प्रतिशत बालबालिकामा जन्मजात दमको समस्या हुन्छ भने अन्य ९० प्रतिशतलाई जीवनशैलीका कारण दमको समस्या उत्पन्न हुन्छ। दम रोगमा श्वासनलीमा अवरोध उत्पन्न हुन्छ। यसले गर्दा फोक्सोमा हावा जान कठिनाइ हुन्छ।

 

जतिखेर एलर्जन्स (एलर्जी उत्पन्न गर्ने कारक तत्व) र इरिटेट्स (अप्ठ्यारो उत्पन्न गर्ने तत्व) सास नलीको सम्पर्कमा आउँछन्, त्यसपछि सास फेर्न समस्या हुन थाल्नु नै दम हो। अमेरिकाको सेन्टर्स फर डीजीज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी)को एक तथ्यांकअनुसार १७ वर्षमुनिका ६० लाख अमेरिकी बालबालिकालाई दम भएको पाइएको छ। अर्थात् अमेरिकामा प्रति १२ बालबालिकामा १ जनामा दम छ।

 

बालबालिकालाई किन हुन्छ दम?
– धूलोको एलर्जीका कारण
– प्रदूषित सहरमा बसोबास गर्नेहरुमा
– खराब जीवनशैली र खानपानका कारण
– बालबालिकामाको कमजोर प्रतिरोधी प्रणालीका कारण
– जन्मजात

लक्षण
– छिटोछिटो सास फेर्नु
– सास फेर्न असजिलो हुनु
– खोकीले गर्दा निद्रामा अवरोध हुनु
– प्रायः रातिमा खोकी लाग्नु
– सास फेर्दा घ्यारघ्यार हुनु वा घाँटी सुन्निनु
– सास फेर्दा सिटी बजेजस्तो हुनु
– छातिमा पिडा हुनु