२०८१ बैशाख १२ , बुधवार

सेयर बजारमा हरियाली, ५४ अङ्कले बढ्यो नेप्से

सुनाखरी न्युज/ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको दोस्रो दिन आज सोमबार हरियाली छाएको छ । सोमबार नेप्से ५४.४५ अंकले बढेर दुई हजार एक सय ३२ दशमलब ९६ विन्दुमा बन्द पुगेको हो ।

 

त्यस्तै, आज नेप्सेमा चार अर्ब १० करोड ६८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार कारोबार भएका कम्पनीमध्ये १७६ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने एक वटा कम्पनीको शेयरमूल्य घटेको छ । यसमध्ये ७ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।

 

नेप्सेका अनुसार सोमबार नारायणी डेभलपमेन्ट बैंक, मल्टिपर्पोज फाइनान्स कम्पनी, सुर्योदय वोमी लघुवित्त वित्तीय संस्था, ग्रीन डेभलपमेन्ट बैंक, युनाइटेड मोदी हाइड्रोपावर, मानुषी लघुवित्त वित्तीय संस्था र बलेफी हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।