२०८० चैत्र १५ , बिहिवार

१ लाख ३५ हजार बराबरको रक्सी नियन्त्रण

सुनाखरी न्युज/  मोरङ । मोरङको जहदा गाऊपालिका १ कालाबंजरा स्थितमा नेपालबाट भारत तर्फ चोरी निकासी गरी लैजादै गरेको दिलवाले रक्सी १५० कार्टुन नियन्त्रणमा लिईएको छ ।

हिजो राती १० बजे जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले को१त ५९१३ नम्बरको ट्याक्टरमा लोड गरी लादै गरेको अबस्थामा नियन्त्रणमा लिएको थियो । प्रहरीलाई देख्न साथ चालक गाडी छोडी फरार रहेकाले खोजतलास भईरहेको छ ।

नियन्त्रणमा लिएको रक्सी आबश्यक कारबाहीको लागी आन्तरिक राजश्व कार्यालय ईटहरीमा पठाउने पहल भईरहेको छ ।