२०८१ बैशाख ७ , शुक्रवार

नेपालमा छायांकन भएको बलिउड फिल्म उचाइ कात्तिक २५ मा रिलिज हुने

सुनाखरी न्युज / काठमाडौं –  नेपालमा छायांकन भएको बलिउड फिल्म ‘उचाई’ निर्देशक सुरज वर्जत्यले सोमबार फिल्मको प्रदर्शन मिति आगामी कात्तिक २५ गते रिलिज हुने भएको छ ।

खोटाङको नाम्चेदेखि मनाङको विभिन्न स्थानमा सुटिङ भएको फिल्मको शुक्रबार पहिलो सेड्युल सकिए पनि दोस्रो सेड्युल भारतका विभिन्न स्थानमा हुनेछ ।

बलिउड फिल्म उचाईको नेपालमा हुनुपर्ने छायांकल २५ दिनमा सम्पन्न भएको छ । उत्त उचाई फिल्मको नेपाल सेड्युन २५ दिनको रहेको थियो । दुई दिन काठमाडौं र बाँकी समय हिमाली जिल्लामा छायांकन भएको फिल्मले २८ अक्टोबरमा नेपाल सेड्युल पूरा गरेको हो ।

अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी, परिणिती चोपडा र डेनी डेन्जोङ्पाको मुख्य भूमिका रहेको ‘उचाई’को छायांकन नेपालका पर्यटकीय थलोमा भएको हो । नेपालको कथावस्तु समेत रहेकाले फिल्मले नेपाली बजारमा समेत राम्रो कमाइ गर्न सक्ने अपेक्षा राखिएको छ ।