२०८० चैत्र ६ , मंगलबार

टीभीएसको नयाँ शोरुम काठमाडौंको टोखामा

सुनाखरी न्युज/ काठमाडौं । नेपालमा टीभीएस टु–ह्विलर्सको एकमात्र वितरक जगदम्बा मोटर्सले काठमाण्डौको टोखा–३ स्थुलीमा पूर्ण सुविधासहितको नयाँ शोरुम ‘टोखामी अटो हब’ सञ्चालनमा ल्याएको छ।

 

ग्राहकलाई टीभीएस मोटरसाइकल तथा स्कुटरको बिक्री, सेवा र स्पेयर पार्ट्स सहज रुपमा उपलब्ध गराउने उद्देश्यका साथ मिडिया र टीभीएसका प्रतिनिधिहरुबीच टोखामा नयाँ शोरुम सुरु गरिएको हो।टोखाको नयाँ शोरुममा बोल्दै जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले भने, ‘टीभीएसमा ग्राहकलाई अझ राम्रो सेवा प्रदान गर्न हामी सधैं प्रयासरत छौँ। ग्राहकलाई थप प्रभावकारी र छिटोछरितो रुपमा सेवा दिन नयाँ सुविधाहरु थपिएको छ। टीभीएसले निरन्तर रुपमा आफ्ना ग्राहकको सुविधा र गुणस्तरीय सेवामा ध्यान दिइरहेको छ।’

 

जगदम्बा मोटर्स टीभीएसको एकमात्र आधिकारिक वितरक हो। नेपालभर १३२ भन्दा बढी डिलरको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो बलियो पकड कायम राख्न र आफ्ना ग्राहकको मनमा आफूलाई स्थान बनाउन सक्षम भएको छ।आज टीभीएस उच्च गुणस्तरका उत्पादनहरु सुलभ बिक्री–पछि सेवा र देशभरका उपभोक्ताका लागि स्पेयर पार्ट्सको उपलब्धताका कारण नेपालमा सबैभन्दा रुचाइएको दुईपांग्रे ब्रान्ड बनेको छ।